
पश्चिमी सिंहभूम, 18 फ़रवरी (हि.स.)। पश्चिम सिंहभूम जिल्लाको कुमारडुंगी थाना अन्तर्गत कलाईया गाउँमा बोक्सीको आरोप लगाेर 32 वर्षीय महिला र उसको दुई महिने अबोध बालकलाई पेट्रोल छड्केर जिउँदै जलाइयो। यस घटनामा महिलाका पति पनि पूर्ण रूपले जलेको छ, तर उ आफ्नो ज्यान बचाएर भाग्न सफल भयो।
घटना गए मंगलवार राती लगभग 9 बजे भएको बताइएको छ। जीवित बचेका कोल्हान सिंकु (40)-ले पुलिसलाई बताए, तिनी आफ्नी दोस्रो पत्नी ज्योति सिंकु, दुई वर्षको छोरा र दुई महिनाको नवजातसित घरमा सुतिरहेका थिए। यसै अवधि गाउँकै आफन्त राशिका बिरूवाले घर बाहिरबाट बोलाई। सुनेर तिनी पत्नीसित बाहिर आए, उनकी पहिलो पत्नी जानी सिंकु पनि घर बाहिर आइन्।
आँगनमा पहिलाबाटै लगभग एक दर्जन महिला-पुरूष अनि बाल-बालिकाहरू उपस्थित थिए। सबैले ज्योति सिंकुमाथि बोक्सीको आरोप लगाउन शुरू गरे। कोल्हान सिंकुले मामिलालाई बिहान पञ्चायतमा सुल्झाउने कुरा गरे,तर भीड़ले उनीहरूको कुरै सुनेन। आरोप छ, यसै अवधि पेट्रोलले भरिेको ग्यालन ल्याएर उनीहरूमाछि खन्याइदियो अनि आगो लगाइदियो।
आगो ह्वार-ह्वार्ती बल्न थालेपछि कोकोहोलो मचियो। कोल्हान सिंकु जल्दै भए पनि त्यहाँबाट भागे। बाटोमा उनले आफ्नो बलिरहेको कपड़ालाई फालिदिए। निर्वस्त्र भएर थानामा पुगे अनि सहयोग माग्ने चेष्टा गरे, तर रात परेको कारणले थानाको ढोका खोलिएन। त्यसपछि तिनले आफन्तको घरमा शरण लिएर रात बिताए।
बुधवार बिहान उनले फेरि थानामा पुगेर घटना बारे जानकारी दिए। पुलिसले तत्काल उनलाई अस्पतालमा भर्ती गरायो अनि गाउँमा पुगेर महिला र नवजातको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदियो। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार यस जघन्य अपराधमा एउटै परिवारका लगभग दशजना सदस्यहरू सामेल थिए। पुलिसले केही मानिसहरूसित जाँचबुझ गरेको छ अनि सबै संदिग्धहरूविरूद्ध कड़ा कारबाही गर्ने तयारी गरिरहेको छ। कुमारडुंगी थानाका रञ्जीत उराउँले बताए, चारजना आरोपीहरूलाई समातिएको छ र अग्रिम कानूनी कारबाही गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा