केपी एसटीएफले गऱ्यो अवैध हतियार फ्याक्ट्रीको भण्डाफोर, पाँच पक्राउ
केपी एसटीएफले गऱ्यो अवैध हतियार फ्याक्ट्रीको भण्डाफोर, पाँच पक्राउ


कोलकाता, 18 फरवरी (हि.स.)। कोलकाता पुलिसको विशेष कार्यबल (एसटीएफ)-ले बिहार पुलिसको सहयोगमा एक महत्वपूर्ण कारबाही गर्दै अवैध हतियार बनाउने फ्याक्ट्रीको भण्डाफोर गरेको छ। यो कारबाही गए मंगलवार साँझ गुप्त सूचनाको आधारमा गरिएको हो।

एसटीएफका डीसी आईपीएस वी सोलेमन नेशाकुमारले बुधवार बताए, कोलकाता पुलिस एसटीएफद्वारा विकसित गुप्त सूचनाको आधारमा एसटीएफ कोलकाता, बिहार एसटीएफ औ मधुसूदनपुर थाना, भागलपुरको संयुक्त टीमले बिहारको भागलपुर जिल्लाको रहमतबाग, कबरिपुरस्थित एउटा घरमा छापा माऱ्यो। घरको भुइँतलामा स्पिनिंग मिलको आड़मा पहिलो तलामा अवैध ढंगमा देशी आग्नेयास्त्र बनाउने फ्याक्ट्री संचालन हुँदै आएको थियो।

छापेमारीमा पाँचजना मानिसहरूलाई पक्राउ गरियो जसमा एकजना सह-मालिक औ चारजना कुशल हतियार निर्माताहरू सामले छन् जसको पहिचान मोनाजिर (21 वर्ष), शादाब अली उपनाम सद्दाम (32 वर्ष), असलम उपनाम टिंकु (41 वर्ष), समशेर आलम उपनाम छोटु (36 वर्ष) तथा शाहनवाज (25 वर्ष)- को रूपमा भएको छ।

छापा अवधि घटनास्थलबाट 20 वटा अर्धनिर्मित 7.65 मिमीको देशी पिस्तोल, 8 वटा पिस्तोल ब्यारल, एउटा लेथ मशिन, 2 वटा मिलिंग मशिन, एउटा ड्रिल मशिन, एउटा ग्राइण्डिंग पलिशिंग मशिन, एउटा ह्याण्ड ग्राइण्डर सहित भारी मात्रामा उपकरण औ काँचो माल जफत गरियो।

पुलिस अनुसार यो गिरोहले स्पिनिंग मिलको आड़मा अवैध हतियार निर्माण गरिरहेको थियो तथा तयार हतियारहरूको आपूर्ति विभिन्न क्षेत्रमा गरिएको आशंका छ। मामिलामा अग्रिम जाँच जारी छ। यसको नेटवर्कसित जोड़िएका अन्य मानिसहरूलाई खोजिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande