
इम्फाल, 18 फरवरी (हि.स.)। मणिपुरका अलग-अलग भागहरूमा पुलिस एवं सुरक्षा बलहरूद्वारा संचालित अभिानमा दुईजना उग्रवादीहरूलाई पक्राउ गरिनको साथै भारी मात्रामा हतियार अनि विस्फोटक जफत गरिएको छ।
मणिपुर पुलिस मुख्यालय अनुसार गए मंगलवार सुरक्षा बलहरूले इम्फाल इस्ट जिल्लाको लामलाई थाना अन्तर्गत चाना मायाई लेइकाईबाट आरपीएफ/पीएलएका क्याडर अथोकपम मनाओटन मैतेई उपनाम तामानाओ उपनाम मालेम उपनाम अमुजाओ (42)-लाई सवोमबुंग क्षेत्रबाट पक्राउ गरे।
एक अन्य अभियानमा यसै दिन सुरक्षा बलहरूले इम्फाल इस्ट जिल्लाक याइंगांगपोकपी थाना क्षेत्रस्थित याइंगांगपोकपी बजारबाट पीएलएका स्वयम्भू लेफ्टिनेन्ट निंगथौजम इबुंगोचा उपनाम साथौबा मैतेई (38)-लाई पक्राउ गरे। उबाट एउटा मोबाइल फोइन र सिम कार्ड जफत गरियो।
अभियानको अर्को श्रृङ्खलामा सुरक्षा बलहरूले इम्फाल वेस्ट जिल्लाको पाटसोई थाना अन्तर्गत लोंगा कोइरेंग तर्फ न्गाइरंगबाम तनौखुल रोड किनारबाट प्रचुर मात्रामा हतियार अनि विस्फोटक जफत गरे जसमा एउटा डबल ब्यारल बन्दुक, एउटा देशी पिस्तोल र एउटा म्यागजिन, विभिन्न क्यालिबरका 181 जिउँदो कारतूस, तीन वटा म्यागजिन, दुई वटा ह्याण्ड ग्रेनेड (36 नम्बर), एउटा डेटोनेटर, एउटा बाओफेंग वायरलेस ह्याण्डसेट र चार्जर सामेल छन्।
सुरक्षा बलहरूले अर्को अभियानमा उखरुल जिल्लाको लिटन थाना क्षेत्रस्थित मोंगकोट चेपूमा बनाइएका चार वटा बंकरहरूलाई नष्ट गरिदिए। स अवधि 24 वटा खाली कारतूस (ईएफसी) पनि जफत गरियो तथापि यस अभियानमा कसैलाई पक्राउ गरिएन।
पुलिस एवं सुरक्षा बलहरूले राज्यभरि नै उग्रवादी तथा अन्य आपराधिक गतिविधिहरूमा सामेल मानिसहरूविरूद्ध लगातार अभियान संचालन गर्दै आइरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा