प्रधानमन्त्री मोदीले फिनल्याण्डका पीएमसंग द्विपक्षीय कुराकानी गरे, आपसी सहयोगमा दिए जोड
प्रधानमन्त्री मोदीले फिनल्याण्डका पीएमसंग द्विपक्षीय कुराकानी गरे


नयाँ दिल्ली, 18 फरवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार इन्डिया एआई इम्प्याक्ट शिखर सम्मेलनमा सहभागी हुन आएका फिनल्याण्डका प्रधानमन्त्री पेटेरी ओर्पोसँग द्विपक्षीय भेटवार्ता गरे। यस अवसरमा दुवै नेताले भारत र फिनल्यान्डबीचको सहकार्यलाई अझ सुदृढ़ बनाउने विषयमा विस्तृत छलफल गरे।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी दिँदै वार्ताका क्रममा स्थिरता, डिजिटलीकरण, कृत्रिम बुद्धिमत्ता (एआई) अनुसन्धान तथा नैतिक नवप्रवर्तनजस्ता प्रमुख विषयमा विचार-विमर्श भएको बताएका छन्। छलफलमा भारतीय प्रतिभाले दुई देशबीचको सहकार्यलाई कसरी थप मजबुत बनाउन सक्छ भन्ने विषयमा विशेष जोड दिइएको थियो।

यस क्रममा प्रधानमन्त्री मोदीले एआई क्षेत्रका उदीयमान नवप्रवर्तन केन्द्रका रूपमा फिनल्यान्डले गरिरहेका प्रयासहरूको प्रशंसा गरे। साथै, दुवै नेताले जिम्मेवार तथा प्रतिभा-आधारित एआई प्रवर्द्धन गर्ने र दिगो भविष्यका लागि प्रविधि-समर्थित समाधानहरूको प्रयोगलाई अघि बढाउने प्रतिबद्धता पुनः दोहोर्याए।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande