
पूर्व मेदिनीपुर, 18 फरवरी (हि.स.)। जिल्लाको मयनामा पुलिसमाथि माछा लादिएका वाहनहरूबाट अवैध असुली गरेको आरोप लगाएको मामिलामा राजनीतिक विवाद झन् गहिरिएको छ। भारतीय जनता पार्टी (भाजपा) विधायक अशोक दिन्दाको बयानपछि उनलाई मयना थानामा डाकिएको छ।
मयना जसलाई पश्चिम बंगालका प्रमुख मत्स्य उत्पादन केन्द्रहरूमध्ये एक मानिन्छ। यसै सन्दर्भमा हालैमा आयोजित भाजपाको ‘परिवर्तन संकल्प सभा’- मा विधायक अशोक दिन्दाले सार्वजनिक मञ्चबाट आरोप लगाएका छन्, मछुआराहरूका वाहनहरूबाट नियमित रूपमा पुलिसद्वारा धन आर्जन गरिन्छ।
उनले दाबी गरेका छन्, साँझ पर्नसाथ स्कुटी सवार तीनजना पुलिस कर्मीहरू त्यहाँ उभिन्छन् अनि प्रत्येक माछाको वाहनबाट 100-200 रुपियाँसम्म असुली गर्दछन्।
विधायकले यो पनि आरोप लगाएका छन्, असुलीको एक भाग थानामा बस्छ अनि रहल राशि उच्च अधिकारीहरूसम्म पुग्छ। उनले भनेका छन्, उनीसित यस सम्बन्धमा रेकर्ड र भीडियो प्रमाण छ।
विधायकका उपरोक्त आरोपपछि मामिला झन् बढ़्दै गयो। प्रशासनद्वारा अदालतको अनुमति लिएर उनलाई नोटिस जारी गरिएको छ अनि जाँचबुझको लागि मयना थानामा उपस्थित हुन भनिएको छ।
पूर्व मेदिनीपुर जिल्लाका प्रभारी पुलिस अधीक्षक मिथुन देले गए मंगलवार साँझ बताए, अशोक दिन्दालाई समन जारी गरिएको छ। उनले आउनको लागि समय मागेका छन्। एसपीले भने, कुनै पद वा संस्थामाथि यस किसिमको सार्वजनिक टिप्पणी गर्नु उचित होइन। यस मामिलाको कानूनी प्रक्रिया अन्तर्गत जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा