
काठमाडौं, 18 फरवरी (हि.स.)। नेपालका विदेशमन्त्री बालानन्द शर्माले बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसॅंग शिष्टाचार भेट गरे। शर्माले उनलाई बधाई दिए र नेपालका प्रधानमन्त्री सुशीला कार्कीको शुभकामना सन्देश सुम्पिए। सन्देशमा रहमानको चुनावी विजयको प्रशंसा गरिएको छ र पारस्परिक सम्मान, साझा प्राथमिकता र साझेदारीमा आधारित नेपाल-बंगलादेश सम्बन्धलाई अगाडि बढाउने प्रतिबद्धता दोहोर्याइएको छ।
ढाकास्थित नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, नेपालका विदेशमन्त्री शर्माले रहमानलाई 12 फरवरीको राष्ट्रिय चुनाउमा बंगलादेश नेशनलिस्ट पार्टीको निर्णायक विजयमा बधाई दिए र बंगलादेशमा शान्तिपूर्ण र सफल लोकतान्त्रिक सत्ता हस्तान्तरणको प्रशंसा गरे।
प्रधानमन्त्री रहमानले शपथ ग्रहण समारोहमा उपस्थित भएकोमा शर्मालाई धन्यवाद दिँदै यसले बंगलादेशप्रति नेपाल सरकार र नेपाली जनताको ऐक्यबद्धता र सद्भावनालाई प्रतिबिम्बित गरेको बताए।
विज्ञप्तिमा व्यापार, निवेश, ऊर्जा, सम्पर्क, शिक्षा र पर्यटनका क्षेत्रमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ पार्ने दुई नेताको प्रतिबद्धता दोहोर्याइएको छ। रहमानले नेपालमा आगामी 5 मार्चमा हुने संसदीय निर्वाचनको लागि शुभकामना व्यक्त गरे। उनले नेपालमा पनि आम चुनाउ मार्फत जनताले निर्वाचित प्रतिनिधिहरूलाई शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण हुने विश्वास व्यक्त गरे।
बैठक अघि विदेशमन्त्री शर्माले बंगलादेशका नवनियुक्त प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूको शपथ ग्रहण समारोहमा भाग लिए। आफ्नो भ्रमणको क्रममा शर्माले विपक्षी दलका नेता डा. शफीकुर रहमान र जमात-ए-इस्लामीका अमीरसँग पनि भेट गरे र द्विपक्षीय सहयोगका प्रमुख क्षेत्रहरूमा छलफल गरे। विदेशमन्त्रीको बंगलादेश भ्रमण 19 फरवरीसम्म जारी रहनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी