
नयाँ दिल्ली, १८ फरवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सम्पूर्ण र वैज्ञानिक रूपमा आधारित ज्ञानको महत्त्वमा जोड दिॅंदै संस्कृतको एक सुभाषित साझा गरेका छन्। उनले भने, यस्तो व्यापक र सत्य ज्ञानले व्यक्तिलाई पूर्णता, स्पष्टता र सत्यको उच्चतम अनुभूतितर्फ डोऱ्यॉंउछ।
प्रधानमन्त्री मोदीले एक्समा प्राचीन संस्कृत श्लोक उद्धृत गरेका छन्, “ज्ञानं तेऽहं विज्ञानमिदं वक्ष्याम्यशेषतः। यज्ज्ञात्व नेह भूयोऽन्यज्ज्ञातव्यमवशिष्यते।। यो श्लोकले ज्ञान र विज्ञान दुवैको समग्रता अर्थात् सैद्धान्तिक बुझाइ र यसको व्यावहारिक प्रयोगलाई जोड दिन्छ।
प्रधानमन्त्रीले आफ्नो सन्देशमा जब कुनै व्यक्तिले सम्पूर्ण र प्रमाणित ज्ञान प्राप्त गर्छ, तब जान्नको लागि केही बाँकी रहँदैन र उसले सत्यको उच्चतम स्तर प्राप्त गर्छ भनी बताएका छन्। प्रधानमन्त्रीको यो सन्देशले शिक्षा, अनुसन्धान र नवाचारको क्षेत्रमा समग्र दृष्टिकोणलाई प्रेरित गर्छ। उनले आधुनिक युगमा पनि प्राचीन भारतीय ज्ञान परम्पराले वैज्ञानिक सोच र बौद्धिक समृद्धिलाई मार्गदर्शन गर्न सक्छ भन्ने संकेत दिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी