
नयाँ दिल्ली, १८ फरवरी (हि.स.)। स्पेनका राष्ट्रपति पेड्रो सान्चेज भारत एआई इम्प्याक्ट समिटमा भाग लिन भारत आइपुगे। केन्द्रिय काैशल विकास तथा उद्यमशीलता राज्यमन्त्री (स्वतन्त्र प्रभार) जयन्त चौधरीले विमानस्थलमा उनलाई स्वागत गरे। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा उक्त जानकारी साझा गरेका छन्।
उनले स्पेनका राष्ट्रपति पेड्रो सान्चेज भारत-एआई इम्प्याक्ट समिटमा भाग लिन भारत आइपुगेको बताएका छन्। जयन्त चौधरीले उनलाई स्वागत गरे। विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपति सान्चेजको भ्रमणले भारत र स्पेनबीचको संस्कृति, पर्यटन र एआईको चलिरहेको द्विपक्षीय वर्षलाई अझ तीव्र बनाउने बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी