
विष्णुपुर, 18 फरवरी (हि.स.)। बाँकुड़ा जिल्लाको ऐतिहासिक नगर विष्णुपुरस्थित प्राचीन सांडेश्वर शिव मन्दिरमा लगभग छः वर्ष लामो अन्तरलापछि बुधवार विशेष अनुष्ठानहरू शुरू हुनसाथ भक्तहरूको प्रतीक्षा समाप्त भयो। “जय बाबा सांडेश्वर” औ “हर-हर महादेव” - जयकारले सम्पूर्ण क्षेत्र भक्तिमय भयो।
मन्दिर लामो समयसम्म बन्द रहनुको मुख्य कारण भारतीय पुरातत्व सर्वेक्षण (एएसआई)- द्वारा गरिएको व्यापक संरक्षण औ जीर्णोद्धार कार्य थियो। मन्दिरको प्राचीन लेटराइट पत्थरको संरचना समयसितै क्षतिग्रस्त भएको थियो भने जग तल बसेको ककारणले सम्पूर्ण ढाँचालाई खतरा उत्पन्न भएको थियो।
सूत्र अनुसार वर्ष 2019-20 को वरपर एएसआई कोलकाता सर्कलले मन्दिरको स्थिरता सुनिश्चित गर्नको लागि वैज्ञानिक पद्धतिद्वारा संरक्षण गर्ने कार्य आरम्भ गऱ्यो। तकनिकी विशेषज्ञहरूको निगरानीमा मन्दिरलाई होशियारीपूर्वक विखण्डित गरी त्यसका पत्थरहरूलाई चिन्हित गरियो, नयाँ सुदृढ़ जग बसालियो तथा पुनः त्यै मूलरूपमा पुनर्स्थापित गरियो। नदी तटको नजिकै अवस्थित रहेको कारणले मन्दिरको जगलाई विशेष रूपमा बलियो बनाइयो।
जीर्णोद्धार कार्य अवधि गाजन जस्तो पारम्परिक उत्सवमा पनि सीमित रूपमा पूजा गर्ने अनुमति दिइएको थियो। अब संरक्षण कार्य पूरा भएपछि मन्दिर पुनः श्रद्धालुहरूको लागि खोलिएको छ।
इतिहासकारहरू अनुसार सांडेश्वर मन्दिरको इतिहास लगभग एक हजार वर्ष पुरानो मानिन्छ। यो मन्दिर मल्ल राजवंशको प्रारम्भिक कालसित जोड़िएको छ भने दशौं र एघारौं शताब्दि वरपर यसको स्थापना भएको मानिन्छ। विष्णुपुरको प्रसिद्ध टेराकोटा शैलीभन्दा भिन्न यो मन्दिर लेटराइट ढुङ्गाबाट निर्माण गरिएको छ जसले यसलाई अन्य मन्दिरहरूभन्दा अधिक प्राचीन र विशिष्ट बनाउँछ। स्थानीय मान्यता छ, बाबा सांडेश्वर क्षेत्रका रक्षक देवता हुन् र यहाँको सांस्कृतिक पहिचानको प्रतीक पनि।
बुधवार विशेष तिथि पारेर अभिषेक, रुद्र पाठ औ महाभोगको आयोजन गरियो। प्रातःकालदेखि नै महिला श्रद्धालुहरूको लामो ताँत थियो। अनेकौं भक्तहरूले पहिला द्वारकेश्वर नदीमा स्नानन गरेर पूजा-अर्चना गरे अनि पछि मन्दिरमा पुगेर भगवान शिवको जलाभिषेक गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा