पूर्व तृणमूल विधायक संग्राम दोलाई भाजपामा सामेल
पूर्व तृणमूल विधायक संग्राम दोलाई भाजपामा सामेल


पूर्व मेदिनीपुर, 18 फरवरी (हि.स.)। जिल्लाको मयना विधानसभा क्षेत्रका पूर्व तृणमूल विधायक संग्राम दोलाई गए मंगलवार साँझ भारतीय जनता पार्टी (भाजपा)-मा सामेल भए। विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले उनलाई पार्टीको झण्डा प्रदान गरी औपचारिक रूपमा स्वागत गरे। यस अवसरमा मयनाका विधायक अशोक दिन्दा पनि उपस्थित थिए।

भाजपामा सामेल भएपछि पार्टी कार्यकर्ताहरूले मिठाई वितरण गरी खुशी व्यक्त गरे। राजनीतिक विश्लेषकहरूको मान्यता छ, अहिलेघरि जिल्लामा जसरी दलबदलका घटनाहरू भइरहेका छन्, त्यसबाट स्थानीय राजनीतिमा खैलाबैला बढ़िरहेको छ।

उल्लेखनीय छ, गत 13 फरवरीको दिन भाजपा नेता चन्दन भट्टचार्यले तृणमूल कंग्रेसको सदस्यता ग्रहण गरेका थिए। त्यसताक उनले मयना क्षेत्रको विकास, विशेष गरी मत्स्य पालन आधारित अर्थव्यवस्थालाई उपेक्षा गरेको आरोप लगाउँदै भाजपालाई त्याग्ने निर्णय लिएका थिए। यस घटनाक्रमपछि यो अड़कल लगाइँदैथ्यो कि तृणमूलका कुनै प्रभावशाली नेता भाजपामा सामेल हुन सक्नेछन्।

यता तृणमूल कंग्रेसले संग्राम दोलाई भाजपामा गएको घटनालाई त्यति महत्व दिएको छैन। जिल्ला तृणमूल अध्यक्ष सुजित कुमार रायले भने, दोलाईको पछिल्लो लामो समयदेखिकै संगठनसित सम्पर्क घट्दै गएको थियो। उनी गएकाले पार्टीलाई कुनै प्रतिकूल प्रभाव पर्नेछैन। उनले दाबी गरे, मयना क्षेत्रमा तृणमूल पहिलाभन्दा अधिक सशक्त स्थितिमा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande