
सिलगढ़ी, 18 फरवरी (हि.स)। देशको आन्तरिक सुरक्षाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने पश्चिम बंगालको सिलगढ़ी ‘चिकन नेक’ कोरिडोरमा सुरक्षा एजेन्सीहरूले सतर्कता बढ़ाएका छन्। उत्तर-पूर्व भारतलाई देशका रहल भागहरूसित जोड़्ने यस संवेदनशील क्षेत्रमा बुधवार बिहान व्यापक खोजी अभियान संचालन गरियो।
शहरको प्रमुख सम्पर्क स्थल महानन्दा ब्रिज तथा यस वरपरका क्षेत्रहरूमा सीमा सुरक्षा बल (बीएसएफ)- का जवानहरूले गहन जाँच गरे। यस अवधि वाहनहरूलाई रोकेर दस्तावेजहरूको जाँच गरिनको साथै संदिग्ध गतिविधिमाथि कड़ा नजर राखियो। ब्रिज मुनि र परवरका क्षेत्रहरूमा पनि खोजी अभियान संचालन गरियो।
सुरक्षा सूत्र अनुसार सिलगढ़ी कोरिडोर रणनीतिक दृष्टिले अत्यन्त महत्वपू छ, किनभने यहाँको साँघुरो भू-भागले उत्तर-पूर्वी राज्यहरूलाई देशको मुख्य भू-भागसित जोड़्छ। यस स्थितिमा कुनै पनि प्राकरको अनुप्रवेश, तस्करी वा आतंकवादी गतिविधि हुनसक्ने आशंकालाई केन्द्र गर्दै निगरानी अनि सतर्कता बढ़ाइएको छ।
विशेषज्ञहरूको मान्यता छ, वर्तमान राष्ट्रिय सुरक्षा परिदृश्यलाई ध्यानमा राख्दै संवेदनशील क्षेत्रहरूमा यस किसिमको अभियान समय-समयमा चलाइरहनेछ। सुरक्षा एजेन्सीहरूले स्पष्ट पारेका छन्, आम नागरिकहरू डराउने आवश्यक्ता छैन, यो कदम मात्र सतर्कताको रूपमा उठाइएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा