बंगाल राज्यसभा चुनाउमा तृणमूलको दबदबा तय, भाजपाले एउटा मात्र सीट पाउने सम्भावना
बंगाल राज्यसभा चुनाउमा तृणमूलको दबदबा तय, भाजपाले एउटा मात्र सीट पाउने सम्भावना


कोलकाता, 18 फरवरी (हि. स.)। पश्चिम बंगालबाट राज्यसभाका पाँच वटा सीटको लागि आगामी 16 मार्चमा हुन गइरहेको चुनाउमा सत्तारूढ़ तृणमूल कंग्रेसले चार वटा सीट पाउने स्पष्ट सम्भावना छ भने भारतीय जनता पार्टी (भाजपा)-ले एउटा मात्र सीटमा सन्तोष गर्नुपर्नेछ। राज्य विधानसभामा दलहरूको वर्तमान संख्याको आधारमा यो तस्वीर लगभग निश्चित रहेको मानिँदैछ।

यी पांच वटा सीटमध्ये तीन वटा सीट तृणमूल कंग्रेसका वर्तमान सदस्यहरू क्रमैले सुब्रत बक्शी, रितब्रत ब्यानर्जी औ साकेत गोखलेको कार्यकाल समाप्त भएको कारणले रिक्त भइरहेको छ। चौथो सीट पूर्व तृणमूल सांसद मौसम बेनजीर नूरले राजीनामा दिएको कारणले रिक्त भएको हो जो हालैमा कंग्रेसमा सामेल भएका छन्। विधानसभामा तृणमूलको मजबुत बहुमतलाई हेर्दा यी चारै वटा सीटमा पार्टी उम्मेद्वारहरूको जीत लगभग सुनिश्चित मानिँदैछ।

पाँचौं सीट भारतीय कम्युनिस्ट पार्टी मार्क्सवादीका वरिष्ठ नेता औ राज्यसभा सदस्य विकास रञ्जन भट्टचार्यको कार्यकाल समाप्त भएको कारणले खाली भइरहेको छ। वर्तमानमा विधानसभामा वाम दलसित कुनै पनि प्रभावकारी संख्या बल छैन। त्यसैले यो सीट भाजपाको खातामा जाने सम्भावना छ।

तृणमूल कंग्रेसले अहिलेसम्म पनि आफ्ना चार जना उम्मेद्वारहरूको नाम औपचारिक रूपमा घोषणा गरेको छैन र पार्टी नेतृत्वले पनि यस विषयमा मौनता अङ्गालेका छन्। अर्कोतिर भाजपा खेमामा सम्भावित उम्मेद्वारहरूलाई लिएर चर्चा तीव्र भएको छ। जुन नामहरूमाथि विचार गरिँदैछ त्यसमा पूर्व अभिनेत्री औ पूर्व सांसद लकेट च्याटर्जी, मेगास्टार मिथुन चक्रवर्ती जो पहिला तृणमूल कंग्रेसबाट राज्यसभा सदस्य रहिसकेका छन्, तथा बालुरघाट विधानसभा क्षेत्रबाट विधायक औ केन्द्र सरकारका पूर्व मुख्य आर्थिक सल्लाहकार अशोक कुमार लाहिड़ीको नाम प्रमुख रूपमा सामेल छन्।

चुनाव आयोगद्वारा जारी अधिसूचना अनुसार 19 वटा राज्यहरूका 37 वटा राज्यसभा सीट जसमा पश्चिम बंगालको 5 वटा सीट पनि सामेल छन्,-को लागि आगामी 26 फरवरीमा अधिसूचना जारी गरिनेछ। नामांकन दर्ता गर्ने अन्तिम तिथि आगामी 5 मार्च निर्धारण गरिएको छ भने 6 मार्चमा नामांकन पत्रको जाँच हुनेछ। उम्मेद्वारहरूले 9 मार्चमा आफ्नो नाम फिर्ता लिन सक्नेछन्। मतदान 16 मार्चको बिहान 9 बजीदेखि साँझ 5 बजीसम्म हुनेछ जसको गणना सोही दिन सम्पन्न गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande