सड़क दुर्घटनामा दुई जनाको मृत्यु
सड़क दुर्घटनामा दुई जनाको मृत्यु


पश्चिम मेदिनीपुर, 18 फ़रवरी (हि. स.)। जिल्लाको दाँतन थाना क्षेत्रस्थित हासिमपुरमा बुधवार बिहान भएको एक पीड़ादायी सड़क दुर्घटनामा दुईजना मानिसहरूको मृत्यु भयो। मृतकहरूको नाम सोमनाथ साउ (18) र हरिपद साउ (45) रहेको र यी दुई पिता-पुत्र रहेको बताइएको छ।

पुलिस सूत्र अनुसार बुधवार बिहान लगभग 10 बजी हरिपद आफ्नो छोरा सोमनाथ साउलाई बाइकमा लिएर सोनाकोनिया तर्फ गइरहेका थिए। यसै अवधि 16 नम्बर राष्ट्रिय राजमार्गको हासिमपुरमा एउटा द्रूत गतिको कारणले उनीहरूको बाइकलाई ठक्कर दियो। ठक्कर लागेपछि पिता-पुत्र बाइकबाट उछिटिएर भुँइमा लड़े। घटनाको सूचना पाउनसाथ दाँतन थानाको पुलिसले घटनास्थलमा पुगेर दुवै शवलाई स्थानीय अस्पतालमा पठाइदियो। शवहरूको पोस्टमर्टम खड़गपुर महकुमा अस्पतालमा गरिनेछ। पुलिसले दुर्घटनामा सामेल कार र चालकलाई हिरासतमा लिएकोछ। यस घटनापछि पीड़ित परिवार अनि क्षेत्रवासीहरू स्तब्भ भएका छन्। सम्पूर्ण क्षेत्रमा शोक व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande