तबलीगी जमातमाथि कुनै उग्रवाही हमला भएको छैनः मुख्यमन्त्री
तबलीगी जमातमाथि कुनै उग्रवाही हमला भएको छैनः मुख्यमन्त्री


गुवाहाटी, 19 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, बितेको 4 फरवरीको दिन बंगाईगाउँ जिल्लामा तबलीगी जमातका मानिसहरूमाथि कुनै पनि प्रकारको कुनै उग्रवादी हमला भएको थिएन।

मुख्यमन्त्रीले बिहीवार विधानसभा सत्रको अन्तिम दिन विधायक अमिनुल इस्लाम (जेष्ठ)- द्वारा सोधिएको एक प्रश्नको जवाफमा भने, बितेको 4 फरवरीको दिन बंगाई गाउँ जिल्लामा तबलीगी जमातका मानिसहरूमाथि कुनै पनि प्रकारको उग्रवाही हमला भएको थिएन।

उनले भने, गत 29 जनवरीको दिन एघार जना मानिसहरूको एक दल दुई वटा रिक्शामा सवार भएर न्यू बंगाई गाउँ रेलवे स्टेशनदेखि बरपेटा जिल्लाको कलगछिया थाना अन्तर्गत किस्मत णिनबारीतर्फ गइरहेको थियो। मानिसहरूले बंगलादेशी अनुप्रवेशकारीको शंका लागेर उनीहरूलाई समातेका थिए। सबै एघार जना मानिसहरूले आफ्नो परिचय पत्र देखाउ सकेका थिएनन्। सूचना पाउनसाथ पुलिस टीमले तत्परता देखाउंदै घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो अनि कुनै प्रकारको पनि अप्रिय घटना हुनदेखि बचायो। पछि उनीहरू सबैको स्वास्थ्य परीक्षण गराएपछि घरतर्फ प्रस्थान गराइयो।

यसबाट यो स्पष्ट भयो कि इच्छाकृत रूपमा हमला वा आपराधजनित बल प्रयोगको घटना घटेको थिएन जसले गर्दा फौजदारी व्यवस्था गरिएन। उक्त घटना केही मानिसहरूको सन्देहस्पद स्थितिको कारण उत्पन्न भएको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande