
गुवाहाटी, १९ फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले हिजो राति मिडियासँग कुरा गर्दै भाजपाले असममा हुने आगामी चुनाउमा तीनवटै राज्यसभा सिटमा उम्मेदवार उठाउने बताएका छन्। यी तीनवटै राज्यसभा सिटका उम्मेदवारहरू लगभग तय भइसकेकाे पनि उनले बताएका छन्। मिडियासँग कुरा गर्दै मुख्यमन्त्रीले भने, भाजपाले तीनवटै सिटमा उम्मेदवारहरू उठाउनेछ र तीनवटै सिटका उम्मेदवारहरू लगभग तय भएका छन्। हामी ती सबै सिट जित्ने आशावादी छौं।राज्यमा सत्तारुढ गठबन्धनको नेतृत्व गर्ने भाजपाकाे हाल असम विधानसभामा बलियो स्थिति छ, जसले संसदको माथिल्लो सदनको चुनाउ प्रक्रियामा संख्यात्मक फाइदा पुर्याउॅंछ।
हिन्दुस्थान समाचार / भवानी थामी