
बलिया, 19 फरवरी (हि.स.)। उत्तर प्रदेशको बलिया जिल्लाको गड़वार थाना क्षेत्रमा पाँच जना युवकहरूले एक किशोरीसित सामूहिक बलात्कार गरेको आरोप लागेको छ। पीड़िताको परिवारले दिएको उजुरीको आधारमा सोही गाउँका पाँच जना युवकहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ र अनुसन्धान शुरु गरिएको छ।
पुलिस अधीक्षक ओमवीर सिंहले भने, गड़वार थाना पुलिसलाई बुधवार साँझ जानकारी दिइयो कि 15 फरवरी साझँ दिसा गर्न गएकी 15 वर्षीया बालिकालाई सोही गाउँका पाँच जना युवकहरूले समातेर एकान्त क्षेत्रमा लगे। त्यसपछि उनीहरूले बालिकालाई धम्काएर सामूहिक बलात्कार गरे। बालिकाले पाँच जना बलात्कारीमध्ये चार जनालाई चिनेकी छन्। पीड़िताका पिताले दिएको उजुरीको आधारमा भारतीय दण्ड संहिता र यौन अपराधबाट बालबालिकाको संरक्षण (पोक्सो) एक्ट अन्तर्गत चार जना नामित र एक अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरिएको छ।
एसपीले घटनाको जानकारी पाएपछि पुलिसले फोरेन्सिक टोलीसँगै घटनास्थलको निरीक्षण गरेको र प्रमाण संकलन गरिरहेको बताए। पीड़िता र अन्यसँग सोधपुछ जारी छ। अभियुक्तलाई पक्राउ गर्ने प्रयास पनि भइरहेको छ। सबै विरुद्ध कड़ा कारबाही गरिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी