बिल गेट्सले इण्डिया एआई इम्प्याक्ट समिटमा भाषण नदिने, अंकुर वोराले सम्बोधन गर्ने
bill gates


नयाँ दिल्ली, १९ फरवरी (हि.स.)। माइक्रोसफ्टका संस्थापक बिल गेट्सले नयाँ दिल्लीमा चलिरहेको इण्डिया एआई इम्प्याक्ट समिटमा भाषण दिने छैनन्। गेट्स फाउन्डेसनले स्पष्ट पारेको छ, शिखर सम्मेलनको प्राथमिकताहरूमा ध्यान केन्द्रित गर्न यो निर्णय गरिएको हो। अंकुर वोराले उनको ठाउँमा सम्बोधन गर्नेछन्।

बिहिवार एक्स पोस्टमा जारी गरिएको एक विज्ञप्तिमा गेट्स फाउन्डेसनले भन्यो, 'अफ्रिका र भारत कार्यालयका अध्यक्ष अंकुर वोराले इण्डिया एआई इम्प्याक्ट समिटको प्रतिनिधित्व गर्नेछन् र आज आफ्नो सम्बोधन राख्नेछन्।'

बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको भारत कार्यालयबाट प्राप्त एक्स पोस्टका अनुसार, माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले अब इण्डिया एआई इम्प्याक्ट समिटमा आफ्नो निर्धारित मुख्य भाषण दिने छैनन्।' फाउन्डेसनले शिखर सम्मेलनका आवश्यकताहरूमा ध्यान केन्द्रित गर्न सकियोस् भनेर धेरै विचार-विमर्शपछि यो निर्णय लिएको स्पष्ट गरेको छ। यसमा संस्था भारतमा आफ्नो काम प्रति प्रतिबद्ध रहेको कुरा पनि उल्लेख छ।

उल्लेखनीय छ, बिल गेट्स शिखर सम्मेलनबाट हट्नुको कारण अमेरिकी अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित दस्तावेजहरूमा उनको नाम देखा पर्नु मानिएको छ। यी गोप्य दस्तावेजहरू हालै जारी गरिएका थिए। एपस्टीनमाथि गम्भीर यौन अपराध र नाबालिगहरूको बेचबिखनको आरोप लगाइएको थियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande