
आसनसोल, 19 फ़रवरी (हि. स.)। कोयला खान भविष्य निधि (सीएमपीएफ) रीजनल अफिस आसनसोल–I ले गए 18 फरवरी, 2026- का दिन सामाजिक सुरक्षाको प्रसारलाई लिएर रानीगञ्जको बंकोला क्षेत्रमा एक प्रयास मीट कार्यक्रम आयोजना गऱ्यो। कार्यक्रममा कोल म्यानेजमेन्ट, कोल वर्कर्स यूनियनका सदस्यगण तथा कन्ट्र्याक्टरका प्रतिनिधिहरू उपस्थित थिए।
प्रयास पहलको उद्देश्य कोइला खनन कार्यमा खटिएका सबै योग्य कर्मीहरूलाई सोशल सिक्योरिटी कभरेज दिनमा आइलाग्ने निम्न स्तरीय मुद्दा अनि चुनौतीहरूलाई बुझ्नु हो। यस कार्यक्रमले स्टेकहोल्डर्सलाई आफ्नो चिन्ता साझा गर्ने, प्रोसेससित सम्बन्धित पक्षहरूबारे स्पष्ट पार्ने तथा सीएमपीएफ प्रोभिजनलाई प्रभावकारी ढंगमा लागू गर्नको लागि व्यवहारिक समाधानमाथि चर्चा गर्नको लागि एक श्रेष्ठ प्लेटफर्म उपलब्ध गरायो। रीजनल अफिस आसनसोल–I ले सबै हितधारकहरूको साथमा सक्रिय प्रसार अनि मिलेर काम गर्ने आफ्नो संकल्पलाई दोहोऱ्याए ताकि हरेक योग्य कोइला मजदुर (कोल वर्कर)-लाई सही सामाजिक सुरक्षाको लाभ प्राप्त होस्।
----------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा