कश्मीरीहरूको उत्पीड़नको मुद्दामा कांग्रेस विधायकहरूको विधानसभा बाहिर प्रदर्शन
कश्मीरीहरूको उत्पीड़नको मुद्दामा कांग्रेस विधायकहरूको विधानसभा बाहिर प्रदर्शन


जम्मू, 19 फरवरी (हि.स.)। कंग्रेस विधायकहरू इरफान लोन र इफ्तिखार अहमदले बिहीवार जम्मू-कश्मीरदेखि बाहिर कथित रूपमा भइरहेको कश्मीरीहरूको उत्पीड़नको विरोध गर्दै यस्ता घटनाहरूलाई तत्काल रोक्ने माग गरे।

लोनले कश्मीरीहरूको उत्पीड़नलाई बन्द गर लेखिएको एउटा पर्चा बोकेर अनि अहमदले विधानसभाको सिँढ़ीहरूमा विरोध प्रदर्शन गरे। उनीहरूसित राजौरीका विधायक पनि सामेल भए। दुवै विधायकहरूले राजस्थानको एक विश्वविद्यालयमा कश्मीरी नर्सिंग छात्राहरूसित कथित रूपमा भएको उत्पीड़नको उल्लेख गर्दै यस मुद्दालाई सदनमा उठाउने जानकारी गराए।

उनीहरूले आरोप लगाए, पाठ्यक्रमको मान्यतालाई लिएर विरोध प्रदर्शन गर्दा छात्राहरूमाथि हमला गरियो जसमा चार जना घाइते भए। उनीहरूले दाबी गरे, एक जना छात्रामाथि कुटपिट गरियो। लोन र अहमदले यस किसिमको उत्पीड़नलाई रोक्नको लागि प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहसित हस्तक्षेप गर्ने माग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande