
नयाँ दिल्ली, 19 फरवरी (हि.स.)। दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेना औ मुख्यमन्त्री रेखा गुप्ताले गीता कलोनी कृष्ण नगरबाट आज थप 25 वटा अटल क्यान्टिनको उद्धाटन गरे। यस अवसरमा शिक्षा मन्त्री आशिष सूद र स्थानीय जनप्रतिनिधिहरू पनि उपस्थित थिए।
उपराज्यपाल, मुख्यन्त्री, शिक्षामन्त्री एवं जनप्रतिनिधिहरूले अटल क्यान्टिनमा सँगै बसेर भोजन गरे। दिल्ली सरकारले अटल क्यान्टिमा दिनमा दुई पटक आवश्यकतामा रहेका मानिहरूलाई पाँच रुपियाँमा भोजन उपलब्ध गराउँछ। मुख्यमन्त्रीले राजधानीमा पूर्व प्रधानमन्त्री अटल बिहारी पाजयेपीको जयन्तीको अवसरमा गत 25 दिसम्बरको दिन अटल क्यान्टिनको उद्घाटन गरेर यस योजनाको शुरूआत गरेकी थिइन्। यस्ता सय वटा क्यान्टिन खोल्ने दिल्ली सरकारको लक्ष्य रहेको छ।
मुख्यमन्त्रीले एक्स पोस्टमा भने, पछिल्लो सरकारको एघार वर्षमा क्यान्टिन फाइलहरूसम्म मात्र सीमित रह्यो। भाजपा सरकारको एक वर्षभित्रै 71 वटा अटल क्यान्टिन खोलिसकिएको छछ यो हाम्रो काम गर्ने स्पीड र स्केल हो। आजदेखि यी अटल क्यान्टिनहरूमा 71 हजार थाल प्रतिदिन पस्किइनेछ। यी अटल क्यान्टिनहरू हरेक परिश्रमीहरूको सम्मान हो। ती मानिसहरू जसले दिल्लीलाई बनाउँछन्, उनीहरूको लागि तातो र पौष्टिक भोजनको व्यवस्था हो।
पर्यावरण मन्त्री मनजिंदर सिंह सिरसा मोडल टाउनको लालबाग क्षेत्रमा अटल क्यान्टिन शुभारम्भ भएको अवसरमा उपस्थित थिए। यस अवधि उनले स्थानीय साथीहरूसित अटल क्यान्टिनमा बसेर भोजन सेवन गरे। सिरसाले एक्समा लेखे, मुख्यमन्त्री रेखा गुप्ताको नेतृत्वमा दिल्लीमा अन्त्योदयको भिजनलाई धरातलमा लागू गर्ने यो पहल आवश्यकतामा रहेका परिवारहरूलाई भोजन उपलब्ध गराउने दिशामा एक मजबुत कदम हो। कोही पनि भोकै नसुतोस्, हरेक आवश्यकतामा रहेका मानिससम्म भोजन पुऱ्याउनु नै हाम्रो संकल्प हो, उनले थपे।
पर्यटन मन्त्री कपिल मिश्राले करावल नगरको चौहान पट्टीस्थित बस टर्मिनलमा अटल क्यान्टिनको शुभारम्भ गरे। उनले टोकन लिएर अटल क्यान्टिनमा मानिसहरूसित बसेर भोजन गरे। कपिल मिश्राले एक्समा पोस्ट गरे, सरकारले दिल्लीमा लगातार अटल क्यान्टिनहरू खोलिरहेको छ ताकि आम मानिसहरूलाई सस्तो दरमा पौष्टिक भोजन प्राप्त होस्।
भारतीय जनता पार्टीका सांसद योगेन्द्र चाँदोलियाले आज ए-ब्लक ज्वालापुरी नांगलोईमा शुरू भएको अटल क्यान्टिनमा मानिसहरूसित बसेर भोजन गरे। यस अवसरमा विधायक मनोज कुमार शौकिन पनि उपस्थित थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा