डीएचआरका तीन विशेष चार्टड टोय ट्रेन सेवा चाँड़ै शुरू हुने
डीएचआरका तीन विशेष चार्टड टोय ट्रेन सेवा चाँड़ै शुरू हुने


दार्जीलिङ, 19 फरवरी (हि.स.)। गर्मीको छुट्टीलाई स्मरणीय बनाउनको लागि दार्जीलिङ हिमालन रेलवे (डीएचआर)-ले तीन वटा नयाँ लग्जरी चार्टर्ड टोय ट्रेन सेवा शुरू गर्ने घोषणा गरेको छ। डीएचआरका डाइरेक्टर ऋषभ चौधरीले बिहीवार यस आशयको जानकारी गराए।

डीएचआरका डाइरेक्टर ऋषभ चौधरीले भने, यो पहल हेरिटेज टोय ट्रेनको माध्यमबाट पर्यटकहरूलाई पहाड़को संस्कृति, परम्परा तथा पर्यावरणसित गहिराईपूर्वक परिचित गराउनु हो। यसको मुख्य लक्ष्य नदी, पहाड़, चिया बगान, जंगल एवं लोकल जीवनको अनुभवलाई एकसाथ देखाउनु हो। वन विभागसित एक मेमोरेण्डम अफ अण्डर्सट्याण्डिंगमा पहिला नै हस्ताक्षर भइसकेको छ।

सबैभन्दा खास सेवा ‘महारानी ग्रेट एस्केप’ हो जुन 1920 सालमा इन्दिरा देवीको ऐतिहासिक रात्रि यात्राबाट प्रेरित छ। यो सेवा हरेक पूर्णिमाको राति दार्जीलिङदेखि शुरू हुन्छ जसमा रेल मार्गभरि ऐतिहासिक स्थलहरूको भ्रमण, सांस्कृतिक कार्यक्रम तथा विशेष रात्रिभोजको व्यवस्था रहनेछ।

दोस्रो सेवा ‘बाघिरा जंगल ट्रेल’-मा पर्यटक ट्रेकिंग, वन भ्रमण औ पहाड़का मनोरम दृश्यहरूको आनन्द लिन सकिनेछ। तेस्रो सेवा ‘टी टिम्बर ट्रेल’ अन्तर्गत चिया बगानहरूको भ्रमण, चिया पत्ती टिप्ने अनुभव तथा फ्याक्ट्री भिजीट अनि टी टेस्टिंगको अवसर प्राप्त हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande