दिल्लीमा सञ्जय झील निकट भेटियो युवकको शव, हत्याको मामिला दर्ता
दिल्लीमा सञ्जय झील निकट भेटियो युवकको शव, हत्याको मामिला दर्ता


नयाँ दिल्ली, 19 फरवरी (हि.स.)। दिल्लीको पाण्डव नगर थाना क्षेत्रमा बिहीवार बिहान सञ्जय झीलको शौचालय निकट एक जना व्यक्तिको शव भेटियो। पुलिसले हत्याको मामिला दर्ता गरी जाँच शुरू गरेको छ। पुलिस अनुसार आज बिहान थाना पाण्डव नगरलाई सूचना प्राप्त भयो कि सञ्जय झीलको शौचालय छेउमा एक जना व्यक्ति गम्भीर अवस्थामा लड़िरहेको छ।

घटनास्थलमा पुगेर पुलिसको टीमले देख्यो, व्यक्तिको मृत्यु भइसकेको छ। उसको शरीरभरि चक्कुले प्रहार गरेका चोटहरू थिए। जाँचमा मृतकको पहिचान जवाहर मोहल्ला शशि गार्डन निवासी लुखा चौधरी उपनाम विक्रम (36)- को रूपमा भएको छ। प्रारम्भिक जाँचमा हत्या भएको बताइएको छ।

घटना स्थलको निरीक्षण क्राइम टीमले गऱ्यो। पुलिसले प्रमाण जुटाएर शवलाई पोस्टमर्टम गर्नको लागि लाल बहादुर शास्त्री अस्पतालको मोर्चरीमा पठाइदिएकोछ। पुलिस अधिकारी अनुसार यस सम्बन्धमा पुलिसले हत्याको मामिला दर्ता गरेको छ अनि वरपरका सीसीटीभी फुटेजको जाँच गरिरहेको छ। अधिकारीहरूको भनाइ छ, चाँड़ै आरोपीहरूलाई चिन्हित गरी पक्राउ गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande