हुमायुँ कबीरकी पत्नीलाई शोक कज नोटिस, भूमिको श्रेणी परिवर्तनमाथि राजनीति तातियो
हुमायुँ कबीरकी पत्नीलाई शोक कज नोटिस, भूमिको श्रेणी परिवर्तनमाथि राजनीति तातियो


कोलकाता, 19 फरवरी (हि.स.)। पश्चिम बंगालको भूमि एवं भूमि सुधार विभागद्वारा निलम्बित तृणमूल कंग्रेस विधायक हुमायुं कबीरकी पत्नी मीरा सुल्तानालाई शो कज नोटिस जाी गरिएपछि राज्यको राजनीति तातिएको छ।

विभागले आरोप लगाएको छ, मुर्शिदावाद जिल्लाको बेलडांगा क्षेत्रमा रहेको 0.2 एकड़ जमीनको श्रेणीलाई सक्षम अधिकारीको अनुमति बिनै बदलियो।

विभागलाई प्राप्त एक सामूहिक याचिकाको आधारमा यो कारबाही गरिएको हो। नोटिसमा भनिएको छ, जमीनको प्रकृति र उपयोगमा परिवर्तन गर्नु भनेको पश्चिम बंगाल भूमि सुधार अधिनियम, 1955 को धारा 4C को उल्लंघन गर्नु हो। यस प्रावधान अन्तर्गत कुनै पनि रैयतले कृषि भूमिलाई गैरकृषि भूमि वा अन्य उपयोगमा परिवर्तन गर्नअघि कलेक्टरको अनुमति लिनु अनिवार्य हुन्छ। यस्तो मामिलामा कलेक्टरलाई अनुमति दिने-नदिने वा परिवर्तनको प्रभावी तिथि तय गर्ने अधिकार छ।

जारी नोटिसमा सुल्तानासित सात दिनभित्रमा जवाफ दिन भनिएको छ कि उनीविरूद्ध धारा 4डी अन्तर्गत किन कारबाही नगर्नु। विभागानुसार निर्धारित प्रक्रियालाई पालन नगरी भूमिको श्रेणी परिवर्तन गरियो।

यो सम्पूर्ण मामिला यसकारणले पनि संवेदनशील भएको छ, किनभने बेलडांगामा प्रस्तावित बाबरी मस्जिदको निर्माण कार्य शुरू गर्ने कुरा बाहिरिएको छ। यो मस्जिद अयोध्यामा 6 दिसम्बर, 1992-मा ध्वस्त गरिएको मूल ढाँचा जस्तै निर्माण गरिने प्रस्ताव लिइएको छ। यस परियोजनालाई हुमायुँ कबीरको ड्रीम प्रोजेक्ट रहेको बताइएको छ।

भारतपुर विधानसभा क्षेत्रबाट विधायक रहिसकेका हुमायुँ कबीरले नोटिसको समयमाथि प्रश्न उठाएका छन्। उनले आरोप लगाए, जमीनमा निर्माण कार्य शुरू भएको तथा विकास कार्य अगाड़ि बढ़ेको धेरै समय बितिसकेपछि यो कारबाही गरिएको छ। कबीरले यसलाई राज्य सरकार अनि सत्तासिन तृणमूल कंग्रेसको षड़यन्त्र बताए।

उनले भने, घर निर्माण गरेदेखि नै उनले कैयौं पटक म्युटेशन गराउने चेष्टा गरेका थिए, तर सम्बन्धित अधिकारीहरूले यसलाई आवश्यक नरहेको बताए। अब तृणमूल छोड़ेपछि उनीविरूद्ध प्रतिशोधको भावनाले कारबाही गरिँदैछ। कबीरले स्पष्ट पारे, उनले कानूनी रूपमा जवाफ दिनेछन् अनि अधिकारीहरूलाई उचित प्रतिवाद सुम्पिनेछन्।

यस किसिमको नोटिस जारी गरिएपछि राजनीतिक जगतमा आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ। विपक्षले यसलाई प्रशासनिक कारबाही बताउँदै कानून पालनको कुरा गरिरहेको छ भने कबीर समर्थकहरूले यसलाई राजनीतिक प्रतिशोधको कारबाही बताइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande