
इम्फाल, 19 फरवरी (हि.स.)। मणिपुरका हिमाली क्षेत्रहरूमा अवैध रूपमा गरिरहेको अफिमको खेतीलाई नष्ट गर्नको लागि वन विभाग अनि सुरक्षा बलले लगातार अभियान संचालन गरिरहेको छ। अवैध रूपमा जंगली काठको तस्करीलाई रोक्नको लागि पनि अभियान जारी छ।
मणिपुर पुलिस मुख्यालयद्वारा आज सबेरै दिइएको जानकारी अनुसार सुरक्षा बलले वन विभागसित मिलेर चुराचाँदपुर जिल्लाको सांगइकोट थाना अन्तर्गत ह्याप्पी मोलेन र चालजंग हिल रेञ्जमा 20 एकड़ अफिमको खेतीलाई गए बुधवार नष्ट गरिदियो। खेतमा भेटिएको एउटा झोपड़ी र नूनको दुई वटा ब्याग अनि किचनका सामानहरूलाई नष्ट गरियो।
अर्कोतिर सुरक्षा बलले जिरीबाम जिल्लाको फरेस्ट रेञ्जमा एक टाटा ट्रक (आरजे-14जीएन-3247) -मा लोड गरिएको 120 सेफ्टी काठको बीमलाई जिरीबाम जिल्लाको लिंगनपोकपी गाउँमा समात्यो। ट्रक ड्राइभर प्रेमचंद (53)र मालिक नारायण लाल बाज्या (42)- लाई यस मामिलामा पक्राउ गरियो। दुवै राजस्थान निवासी रहेको बताइएको छ जसले अवैध रूपमा काठ जिरीबाम तर्फ लगिरहेका थिए। आरोपीहरूलाई अग्रिम कारबाहीको लागि वन विभागलाई सुम्पिइएको छ।
उल्लेखनीय छ, सुरक्षा बलले जिल्लाका बाहिरी तथा संवेदनशील क्षेत्रहरूमा खोजी अभियान तथा एरिया डोमिनेशन जारी राखेको छ। मणिपुरका भिन्न-भिन्न जिल्ला अन्तर्गत हिमाली तथा उपत्याका दुवै क्षेत्रमा बुधवार 103 वटा नाका एवं चेक पोइन्ट राखेको थियो, तर कसैलाई पनि पक्राउ गरिएन। राष्ट्रिय राजमार्ग-37 मा आवश्यक वस्तुहरू लिएर गइरहेका 203 वटा वाहनहरूको आवागमनलाई सुनिश्चित गरियो।सबै संवेदनशील क्षेत्रहरूमा व्यापक सुरक्षा उपाय गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा