
कोलकाता, 19 फरवरी (हि. स.)। कार्यक्रम आयोजक तनय शास्त्रीलेअभिनेत्री औपूर्व तृणमूल कंग्रेस सांसद मिमी चक्रवर्ती विरूद्घ मानहानिको नोटिस पठाएका छन्। शास्त्रीले आरोप लगाएका छन्, उत्पीड़नको मामिलामा उनी विरूद्ध सिकायत दर्ता गरी उनको छविमा हिलो छेपियो जसको लागि उनले 20 लाख रुपियाँ क्षतिपूर्तिको माग गरेका छन्।
शास्त्रीले बिहीवार बताए, उनका वकिलको माध्यमबाट मिमी चक्रवर्तीलाई कानूनी नोटिस पठाइएको छ। नोटिसमा भनिएको छ, उनले माफी मागुन् वा20 लाख रुपियाँ भुक्तान गरून्, अन्थया उनी विरूद्ध मानहानिको मुद्दा दर्ता गरिनेछ। यस घटनाक्रमलाई लिएर मिमी चक्रवर्तीको पक्षबाट अहिलेसम्म आधिकारिक प्रतिक्रिया आएको छैन।
तनय शास्त्रीको दाबी छ, कार्यक्रममा सामेल हुनका लागि मिमी चक्रवर्तीलाई 2 लाख 65 हजार रुपियाँ दिइएको थियो। तर अभिनेत्री निर्धारित समयमा कार्यक्रममा आइपुगिनन् जसकारण उनलाई मञ्च छोड़्न भनियो। शास्त्रीले यो पनि आरोप लगाए, अकारण उनी विरूद्ध मामिला दर्ता गरियो जसले गर्दा उनलाई न्यायिक हिरासतमा बस्नुपऱ्यो अनि उनको प्रतिष्ठालाई नोक्सान पुग्यो।
पछिल्लो महिना उत्तर 24 परगना जिल्लाको नगाउँमा आयोजित एक कार्यक्रममा मिमी चक्रवर्तीले प्रस्तुति दिनु थियो। उनी त्यस रातकी अन्तिम कलाकार थिइन्। मिमी चक्रवर्तीको आरोप थियो, आधा रातिपछि कार्यक्रम गर्ने अनुमति नभएको कारण तनय शास्त्रीले उनलाई प्रस्तुति अवधि मञ्चबाट हटाइदिए अनि उनीसित दुर्व्यहार गरे। त्यसपछि उनले पुलिसमा सिकायत दर्ता गराएकी थिइन्।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा