
नगाउँ (असम), 19 फरवरी (हि.स.)। नगाउँ जिल्लाको सामागुरी क्षेत्रमा ट्रेनको इञ्जीनको चपेटमा परी एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो।
पुलिसले बिहीवार बतायो, घर पालुवा जनावरहरूलाई पानी पिलाउनको लागि लगिरहेको समय ट्रेनको इञ्जीनको चपेटमा परी एकजना व्यक्तिको घटास्थलमै मृत्यु भयो। मृतकको पहिचान नूर मोहम्मदको रूपमा गरिएको छ।
यो घटना सामागुरीको बाघरबाली गाउँको छेवैमा भएको हो। घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको रेलवे पुलिसको टीमले शवलाई आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा