
उत्तर 24 परगना, 19 फरवरी (हि. स.)। जिल्लाको पानीहाटीमा धानकल मोड़ निकट बिहीवार बिहान भएको एक सड़क दुर्घटनामा दुईजना मानिसहरूको मृत्यु भयो भने चारजना गम्भीर रूपमा घाइते भए। दुर्घटनापथि क्षेत्रमा व्यापक तनाु फैलियो। सूचना पाउनसाथ ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो।
सूत्र अनुसार बीटी रोडमा दुई बसका चालकहरूमाझ आपस्तमा रेस (रेस ड्राइभिंग) भइरहेको थियो। यसै अवधि एउटा बसको चालकले नियन्त्रण गुमाएर सड़क किनारमा साइकल चलािरहेका दुईजना मानिसहरूलाई कुल्चियो। बसको चक्कामुनि परेका कारण दुवै साइकल सवारको घटनास्थलमै मृत्यु भयो। मृतकहरूको पहिचान अहिलेसम्म हुनसकेको छैन।
प्रत्यक्षदर्शीहरूले बताए, साइकल सवारहरूलाई ठक्कर दिएपछि बस एउटा अटो र एउटा बाइकसित पनि ठोक्कियो। यस दुर्घटनामा अन्य चारजना मानिसहरू गम्भीर रूपमा घाइते भए। घाइतेहरूलाई सागर द त्त मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ जहाँ उनीहरूको अवस्था नाजुक रहेको बताइएको छ।
घटनापछि स्थानीय मानिसहरूमा व्यापक आक्रोश देखियो। पुलिसले घटनास्थलमा पुगेर शवहरूलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। स्थितिलाई नियन्त्रण गर्नको लागि अतिरिक्त पुलिस बललाई तैनाथ गरिएको छ।
स्थानीय मानिसहरूको भनाइ छ, बीटी रोडमा यस्तो घटना भएको यो पहिलो अवसर होइन। यसअघि पनि यहाँ धेरैवटा दुर्घटनाहरू भइसकेका छन् र धेरैजनाले ज्यान पनि गुमाइसकेका छन्। आरोप छ, यात्रीहरू बटुल्ने होड़मा बस चालकहरू प्रायजसो द्रूत गतिमा तथा लापरवाहीसँगले वाहन हाँक्ने गर्दछन् जसको फलस्वरूप यस्तो दुर्घटना हुन्छ। पुलिसले मामिलाको जाँच शुरू गरेको छ भने बस चालकको भूमिकाको पनि जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा