
रि-भोई (मेघालय), 19 फरवरी (हि.स.)। रि-भोई जिल्लाको बर्नीहाट पुलिस चौकी क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना छात्रको मृत्यु भयो भने अन्य सातजना घाइते भए।
पुलिसले बतायो, बिहीवार बिहान राष्ट्रिय राजमार्ग-16 स्थित 17 माइलको पहमलांग क्षेत्रमा शिलंगदेखि गुवाहाटी जाने मार्गमा भएको सड़क दुर्घटनामा एकजना छात्रको मृत्यु भयो। यस घटनामा अन्य सातजना छात्रहरू घाइते भएका छन्। घटना अनुसार चालकले ट्रक (एनएल-01एए-4672)-बाट आफ्नो नियन्त्रण गुमायो जसले गर्दा स्कूल बसलाई ट्रकले पछिबाट ठक्कर दियो।
माउन्ट शियोन अकादमी बर्निहाटका छात्रहरू लिएर स्कूल गइरहेको बस ( एमएल-10डी-5047)- मे 20 जना नानीहरू सवार थिए जसमध्ये आठजना नानीहरू गम्भीर रूपमा घाइते भए। घटनाबारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको बर्निहाट पुलिसले सबै घाइतेहरूलाई हतार-हतार उपचारको निम्ति अस्पतालमा भर्ती गऱ्यो।
सड़क दुर्घटनामा गम्भीर रूपमा घाइते मैक्सवेल लिंगदोहाको उपचारको क्रममा जोराबाटस्थित अरही अस्पतालमा मृत्यु भयो। घटनाको सम्बन्धमा पुलिसले एक प्राथमिकी दर्ता गरी कानूनी कारवाही शुरू गरेको छ। स्कूलका नानीहरूको अचानक भएको मृत्युको कारणले स्कूल बाहेक छात्रहरूको घरमा पनि गहिरो शोक छाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा