तमिलनाडुः डीएमडीकेले सत्ताधारी डीएमकेसित गठबन्धन गर्ने घोषणा गऱ्यो, मुख्यमन्त्रीसित प्रेमलताको भेट
तमिलनाडुः डीएमडीकेले सत्ताधारी डीएमकेसित गठबन्धन गर्ने घोषणा गऱ्यो, मुख्यमन्त्रीसित प्रेमलताको भेट


चेन्नई, 19 फ़रवरी (हि.स.)। तमिलनाडु विधानसभा चुनाउपूर्व डीएमडीकेले राज्यको सत्ताधारी डीएमकेसित गठबन्धन गर्ने घोषणा गरेको छ। पार्टीकी महासचिव प्रेमलताको पक्षबाट सो जानकारी दिइएको हो। पार्टीले वर्ष 2024-को लोकसभा चुनाउमा एआईडीएमकेसित चुनाउ लड़ेको थियो, तर यसपालि गठबन्धनलाई लिएर कैयौं चरणको बातचित विफल रहेपछि डीएमडीकेले यो फसेला गरेको छ।

यसै सिलसिलामा आज पार्टीकी महासचिव प्रेमलताले चेन्नईको अन्ना अरिवालयममा मुख्यमन्त्री एम. के. स्टालिनसित भेट गरिन्। यस भेटमा डीएमडीकेका कोषाध्यक्ष एल. के. सुदिश पनि उपस्थित थिए। डीएमकेको पक्षबाट कनिमोझी तथा मन्त्री के. एन. नेहरू सहित अन्य नेता उपस्थित थिए। वर्ष 2021- को तमिलनाडु विधानसभा चुनाउमा डीएमडीके एक्लै मैदानमा उत्रेको थियो, तर एउटै पनि सीटमा उसलाई सफलता प्राप्त भएन।

वर्ष 2024- को लोकसभा चुनाउमा पार्टीले एआईएडीएमकेसित गठबन्धन गरेको थियो। अहिलेघरि यी दुई पार्टीबीच मतभेद भएको कुरा त्यसबेला बाहिरियो जतिबेला एआईएडीएमकेले उसलाई राज्यसभा सीट दिएन। यसबाट प्रेमलता रुष्ट भएकी थिइन्।

डीएमडीकेलाई एआईएडीएमके–भाजपा गठबन्धनमा सामेल गर्नको लागि कैयौं चरणको बातचित भयो। पहिला एआईएडीएमके नेताहरूले वार्ता गरे, तर सहमति हुन सकेन। त्यसपछि भाजपा नेताहरूले डीएमडीकेसित बातचित गरे, तथापि परिणाम हात लागेन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande