
लखनऊ, 19 फरवरी (हि.स.)। उत्तर प्रदेश विधानसभा बजट सत्र अवधि कृषि अनि कृषकहरूको मुद्दामा समाजवादी पार्टीका सदस्यहरूले विधानसभाबाट वकआउट गरे। प्रश्नकालमा विपक्षका प्रश्नहरूको उत्तर कृषि मन्त्री सूर्य प्रताप शाहीले दिए।
सरकारको पक्ष राख्दै कृषि मन्त्री सूर्य प्रताप शाहीले भने, प्रदेशमा योगी आदित्यनाथको सरकार छ। किसानहरूलाई कुनै पनि प्रकारको समस्याको सामना गर्न परिरहेको छैन। सबै किसानहरूलाई पर्याप्त मात्रामा उर्वरक उपलब्ध गराइँदैछ। उत्तर प्रदेशका किसानहरूलाई पीएम किसान सम्मान निधिको लाभ प्राप्त भइरहेको छ। केन्द्रको मोदी सरकार अनि उत्तर प्रदेशको योगी सरकारमा किसानहरूको हरेक समस्याको समाधान गरिँदैछ। योगी सरकारले उत्तर प्रदेशमा जैविक खेतीलाई प्रेरित गरिरहेको छ। साथै उर्वरकको अभाव पनि हुन दिरहेको छैन। सरकारको पक्षसित असहमत हुँदै विपक्षी समाजवादी पार्टीका सदस्यहरूले सदनबाट बहिर्गमन गरे।
समाजवादी पार्टीकी सदस्य डाक्टर रागिनीको प्रश्नमा मन्त्री दिनेश प्रताप सिंहले जवाफ दिरहेका थिए। यस अवधि उनले आफ्नो विभागद्वारा गरिएका विकास कार्यहरू गन्ती गराइरहेका थिए। उनले विधानसभा अध्यक्ष सतीश महानाको विधानसभा क्षेत्रमा गराइएका कार्यहरूको पनि उल्लेख गरे। यसमाथि विधानसभा अध्यक्षले पीठबाटै भने, तपाई त्यहाँ काम गर्नकै लागि बस्नु भएको हो। तपाईले आफ्नो कार्यहरूको गन्ती गर्दै मलाई र मेरो विधानसभा क्षेत्रको नाम किन लिरहनु भएकोछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा