
हावड़ा, 19 फरवरी (हि.स.)। विवेकानन्द विद्याविकास परिषदद्वारा हावड़ामा आयोजित ‘सप्तशक्ति संगम (मातृ सम्मेलन)’- मा मातृशक्तिको भूमिका, भारतीय सभ्यता औ संस्कृतिको संरक्षण तथा बाल-बालिकाहरूमा सकारात्मक संस्कारहरू सञ्चार गर्नेमाथि विशेष बल दिइयो। कार्यक्रममा शिक्षा, समाजसेवा एवं न्याय क्षेत्रसित जोड़िएका धेरैजना विशिष्ट हस्तिहरू उपस्थित थिए।
परिषदकी चेयरम्यान भगवती प्रसाद जालान, ट्रस्टी नरेन्द्र नाथ डागा र प्रगति बन्द्योपाध्याय सहित अन्य गण्यमान्य अतिथिहरूले कार्यक्रममा भाग लिए। मुख्य अतिथिका रूपमा कलकत्ता उच्च न्यायालयकी सेवानिवृत्त न्यायाधीश जस्टिस समाप्ति चट्टोपाध्याय उपस्थित थिइन् भने मुख्य वक्ताका रूपमा मधुश्री सञ्जीव सावले विचार व्यक्त गरे। विशेष अतिथिका रूपमा संस्कर भारतीकी अखिल भारतीय सचिव नीलाञ्जना राय पनि कार्यक्रममा मञ्चस्थ थिइन्।
मुख्य वक्ता मधुश्री सावले आफ्नो सम्बोधनमा भनिन्, आमा नै छोरा-छोरीको पहिलो गुरू हुन्छन् र एक श्रेष्ठ नागरिक निर्माण गर्ने जिम्मेवारी पनि मातृशक्तिमाथि नै निर्भर गर्दछ। उनले भनिन्, भारतीय सभ्यता र संस्कृतिप्रति गौरवको भाव, मातृशक्तिको सम्मान, आत्मविश्वास एवं आत्मबोध जस्ता गुणहरू बाल-बालिकाहरूमा विकसित गर्नु अत्यन्त आवश्यक छ। महाभारतको उदाहरण दिँदै उनले भनिन्, श्रीकृष्णले नारी शक्तिलाई सर्वाधिक सक्षम बताएका छन्, त्यसैले महिलाहरूले आफूलाई कमजोर होइन सर्वशक्तिमान ठानेर नानीहरूलाई सोही अनुरूप शिक्षा दिनुपर्छ। उनले समाजमा सकारात्मक सोचको प्रचारमाथि बल दिँदै भनिन्, आचरण अनि व्यवहारबारे श्रेष्ठ सन्देश समाजसम्म पुग्छ।
मुख्य अतिथि जस्टिस समाप्ति चट्टोपाध्यायले आफ्नो वक्तव्यमा भनिन्, बाल्यकालमा उनले आफ्ना बुजुर्गहरूबाट भारतीय सभ्यता र संस्कृतिको उच्च आदर्श सिकिन्। उनले भनिन्, भारतीय संस्कृति यतिसम्म समृद्ध छ कि जीवनको हरेक उच्च मूल्यको पाठ यहाँ पाइन्छ। जीवनको कुनै पनि समस्याको आध्यात्मिक समाधान भारतमा मात्र सम्भव छ। उनले यसलाई गर्वको विषय बताउँदै भनिन्, हामी त्यस भारतभूमिमा जन्मेका छौं जहाँ माँ शारदा जस्ती नारी शक्तिले सारा विश्वलाई महिला उत्थानको मार्ग देखाइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा