
बाँकुड़ा, 19 फरवरी (हि.स.)। बिहीवार बिहान बाँकुड़ा जिल्लाको जयपुर थाना क्षेत्रमा धान रोपाई अवधि किसानहरूले खेतको हिलोमा आधा डुबेको एक नवजात बालिकाको शवलाई देखे। यो दृश्य देखेर किसानहरू स्तब्ध भए अनि पुलिसलाई सूचित गरे।
स्थानीय सूत्र अनि पुलिस अनुसार बिहीवार बिहान बाँकुड़ाको जयपुर ब्लक अन्तर्गत श्यामनगर ग्राम पञ्चायत अन्तर्गत बेलिया डांगरपाड़ा गाउँमा केही किसानहरू धान रोप्नका लागि खेतमा गएका थिए। यसै अवधि खेतको एक कुनामा सबमर्सिबल पम्पको छेउमा हिलोभित्र उनीहरूले नवजात शिशुको शवलाई देखे। नवजातको आधा शरीर हिलोमा डुबेको थियो। खबर फैलिनसाथ ठूलो संख्यामा ग्रामीणहरू घटनास्थलमा भेला भए। सूचना पाउनसाथ जयपुर थानाको पुलिस घटनास्थलमा पुग्यो अनि हिलोबाट शवलाई उद्धार गऱ्यो। त्यसपछइ शवलाई जयपुर प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो जहां डाक्टरहरूले बालिकालाई मृत घोषित गरिदिए। पछि पोस्टमर्टम गर्नको लागि शवलाई बाँकुड़ा सम्मिलनी मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।
नवजात बालिकालाई कसले, कहिल्ये र कुन अवस्थामा खेतमा फाल्यो भन्ने कुरा रहस्य नै छ। पुलिसले वरपरका गाउँ, स्थानीय नर्सिंग होम तथा स्वास्थ्य केन्द्रहरूबाट जानकारी जुटाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा