
-दक्षिणेश्वर–कामारपुकुर–जयरामबाटीका विकास कार्यहरूको उल्लेख
कोलकाता, 19 फ़रवरी (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बिहिवार सोशल मीडिया मञ्च ‘एक्स’-मा पोस्ट गरी युगावतार श्रीश्रीरामकृष्ण परमहंस देवको जन्मतिथिमा उनलाई श्रद्धापूर्वक प्रणाम अर्पण गरिन्। उनले भनिन्, बंगालको भूमि उनको अविर्भावबाट धन्य भएको छ र उनका अमृतवाणी तथा सर्वधर्म समन्वयको आदर्श आज पनि समाजको लागि आलोकसम्तभ हो।
मुख्यमन्त्रीले ‘जति मत, उति पथ’- को शाश्वत सन्देशलाई उल्लेख गर्दै भनिन्, “मानव सेवा नै ईश्वर सेवा”- यस शिक्षालाई उनले जीवनभरि अप्नाएकी छन् र भविष्यमा पनि जनसेवा गरिरहने छन्।
पोस्टमा ममता ब्यनर्जीले बताइन्, श्रीरामकृष्ण परमहंससित जोड़िएका तिर्थस्थलहरूको विकासका लागि राज्य सरकारले व्यापक कार्य गरेको छ। दक्षिणेश्वर काली मन्दिर परिसरलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक एवं पर्यटन स्थल बनाउनको लागि ‘रानी रासमणि स्काईवक’, मन्दिर परिसरको आकर्षक प्रकाश-सज्जा, सौन्दर्यीकरण, जीर्णोद्धार तथा नयाँ जेटी बनाइएको छ। उनले यो पनि बताइन्, रेल मन्त्री छँदा उनले दक्षिणेश्वर रेलवे स्टेशनलाई उनले काली मन्दिरलाई जस्तै सजाएकी थिइन्।
मुख्यमन्त्रीले भनिन्, श्रीरामकृष्णको जन्मभूमि कामारपुकुर र माँ शारदाको जन्मभूमि जयरामबाटीको विकासमाथि विशेष ध्यान दिइएको छ। यसको लागि ‘जयरामबाटी-कामारपुकुर डेभलपमेन्ट बोर्ड’ गठन गरिएको छ र अहिलेसम्ममा यस बोर्डलाई 10 करोड़ रुपियाँभन्दा अधिक आर्थिक सहयोग दिसकिएको छ। यी पवित्र तिर्थ क्षेत्रको बुनियादी ढाँचाको विकासमा पहिलाबाटै लगभग 80 करोड़ रुपियाँभन्दा अधिक खर्च गरिसकिएको छ।
मुख्यमन्त्री ममता ब्यानर्जीले आफ्नो सन्देशमा भनिन्, राज्य सरकार श्रीरामकृष्ण परमहंस र माँ शारदा देवीसित जोड़िएका यी पवित्र स्थलहरूको समग्र विकासको लागि निरन्तर प्रतिबद्ध छ ताकि देश-विदेशबाट आउने श्रद्धालु अनि पर्यटकहरूलाई धेरै सुविधा प्राप्त होस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा