सारणको हथुआ मार्केटमा भयानक आगलागी
सारणको हथुआ मार्केटमा भयानक आगलागी


सारण, 19 फ़रवरी (हि.स.)। शहरको सबैभन्दा व्यस्त व्यावसायिक केन्द्र हथुआ मार्केटमा बितेको राति भीषण आगलागी भयो जसपश्चात व्यापक कोकोहोलो मचियो। यस आगलागीमा बेसमेन्टस्थित दोकानहरू जलेर खरानीमा परिणत भएको छ जसबाट लाखौं रुपियाँको सम्पत्तिको नोक्सान भएको आशंका व्यक्त गरिँदैछ।

जानकारी अनुसार बितेको राति बजार बन्द हुनै लागेको थियो अचानक हथुवा मार्केटको माझमा अवस्थित दोकानहरूबाट धुँवा र आगो बलिरहेको देखियो। हेर्दा-हेर्दै आगोले विकराल रूप धारण गऱ्यो अनि वरपरका अन्य दोकानहरूलाई पनि आफ्नो चपेटमा लियो। शहरको माझमा ह्वार-ह्वारती आगो बलिरहेको देखेर क्षेत्रमा कोकोहोलो मचियो साथै मानिसहरूको भीड़ एकत्र भयो।

घटनाको सूचना पाउनसाथ छपरा सदर एसडीओ नितेश कुमार सहित केही प्रशासनिक अधिकारीहरू अनि पुलिस बल घटनास्थलमा पुगे। दमकल विभागले तीन वटा वाहनहरूलाई घटनास्थलमा पठायो। अग्निशमन कर्मीहरूले कड़ा परिश्रम गरेर आगोलाई नियन्त्रित गरे।

सदर एसडीओ निलेश कुमारले बताए, हथुआ मार्केटको बेसमेन्टमा कन्टीन्यूअस दुई वटा दोकानमा आगो लागेको सूचना प्राप्त भएको थियो। फायर ब्रिगेडका तीन वटा वाहनहरूले घटनास्थलमा पुगेर आगोलाई निभाए। हाल आगो पूर्ण रूपले निभिसकेको छ। प्रारम्भिक जाँचमा आगो शर्ट सर्किटको कारण लागेको प्रतीत भइरहेको छ। यस घटनामा कपड़ाको दोकान अनि ब्युटी पार्लरलाई क्षति पुगेको छ। दोकानदारहरू अनुसार नोक्सानको मूल्यांकन कड़ोरौं रुपियाँमा हुनसक्छ। हाल प्रशासनले क्षय-क्षतिको मूल्यांकन गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande