मोपगढ़मा पति-पत्नीको झुण्डिरहेको शव भेटियो, जाँचमा जुट्यो पुलिस
मोपगढ़मा पति-पत्नीको झुण्डिरहेको शव भेटियो, जाँचमा जुट्यो पुलिस


मेदिनीपुर, 19 फरवरी (हि.स.)। मेदिनीपुर शहरको नजिकै अवस्थित गोपगढ़ हेरिटेज एण्ड इको-पार्क सामु गए बुधवार राति एक दुःखदायी घटना घट्यो। स्थानीय मानिसहरूले देखे, एउटा रूखमा एक दम्पत्तिको शव झुण्डिरहेको छ। सूचना पाएर मेदिनीपुर कोतवाली थानाको पुलिस तुरून्तै घटनास्थला पुग्यो अनि शवहरूलाई तल झारेर पोस्टमर्टम गर्नको लागि मेदिनीपुर मेडिकल कलेज अनि अस्पतालमा पठाइदियो। चिकित्सकहरूले दुवैलाई मृत घोषित गरिदिए।

मृतकहरूको पहिचान पिन्टु दास (38) र उनकी पत्नी मधुमिता दास (32)- को रूपमा भएको छ। दुवै मेदिनीपुरको बानपाड़ा क्षेत्रका निवासी थिए। दम्पत्तिका दुई नाबालिक सन्तान- एक जना छोरा र छोरी पनि छन्। प्रारम्भिक जाँचको आधारमा आत्महत्या गरेको आशंका व्यक्त गरिँदैछ।

मृतक पिन्टु दास मेडिकल क्षेत्रमा कार्यरत थिए साथै सेल्सम्यानको काम पनि गर्थे। उनको भाइ कृष्ण दासले बताए, पिन्टु र उनकी पत्नीबीच कुनै किसिमको विवाद थिएन, त्यसैले उनीहरूले बुझ्न सकिरहेका छैनन् कि दम्पत्तिले आत्महत्या किन गऱ्यो।

स्थानीय मानिसहरूको भनाइ छ, पिन्टु दास पछिल्लो केही समयदेखिको अत्यधिक ऋणको कारण तनाउमा थिए। अपमान र मानसिक पीड़ा सहन गर्न नसकेको कारण उनले यो आत्मघाती कदम उठाएको हुनसक्छ।

वार्ड नम्बर- 13 का तृणमूल कंग्रेस पार्षद मोजाम्मेल हुसैनले बताए, पिन्टुमाथि ठूलो ऋण थियो जसलाई उनले चुकाउन सकिरहेका थिएनन्। ऋण दिनेहरूले लगातार अपमान गरेका कारण दम्पत्तिले यस्तो अचम्भको कदम उठायो।

पश्चिम मेदिनीपुर जिल्लाको पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ साथै घटनास्थलको निरीक्षण पनि गरिरहेको छ। आत्महत्याको सठीक कारण पत्तो लगाउनको लागि पुलिसले हरेक पक्षको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande