
गान्तोक, 19 फरवरी (हि.स.)। राजधानीको एमजी मार्गमा बिहिवारदेखि दुई दिवसीय पीएम विश्वकर्मा मेला शुरू भएको छ। यस मेलाको उद्घाटन आज कृषक कल्याण बोर्डका अध्यक्ष पदम शर्माले गरे। मेलाको आयोजना भारत सरकारको एमएसएमई मन्त्रालय अन्तर्गत एमएसएमई विकास एवं सहजीकरण कार्यालयले गरिरहेको छ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि पदम शर्माले प्रधानमन्त्री विश्वकर्मा योजनाको महत्त्वमाथि प्रकाश पर्दै यसलाई किसान र परम्परागत कारीगरहरूका सीपलाई आधुनिक बजारहरूसँग जोडेर उनीहरूलाई सशक्त बनाउनको लागि डिजाइन गरेको पहल बताए। कृषि क्षेत्रमा आफ्नो व्यापक अनुभवको आधारमा उनले सिक्किम कुनै समय खाद्य उत्पादनमा आत्मनिर्भर भए पनि समयसँगै संरचित बजार पहुँचको क्रमिक अभावले परम्परागत सीप र कृषि अभ्यासहरूको पतन भएर गएको उल्लेख गरे।
यस अघि सहायक निर्देशक, एमएसएमई डीएफओ निर्मल चौधरीले यो कार्यक्रम स्थानीय शिल्पकारहरूलाई उनीहरूका उत्पादनहरू प्रदर्शन गर्न उच्च-दृश्यता स्थल प्रदान गरेर सशक्त बनाउने मञ्च रहेको बताए। यसरी नै सीड सेलका अध्यक्ष डा. राज लामाले आफ्नो सम्बोधनमा एमएसएमई विकास तथा सहजीकरण कार्यालयप्रति आभार व्यक्त गर्दै गाउँका साना किसानहरू र सिक्किमका टाडा-टाडाका कारीगरहरूलाई गान्तोकमा आफ्ना उत्पादनहरू नि:शुल्क प्रदर्शन गर्न सक्ने मञ्च प्रदान गरेकोमा आभार व्यक्त गरे।
हिन्दुस्थान समाचार / बिशाल