राकंपा एपी विधायक रोहित पवारको सुरक्षा बढ़ाउने माग
राकंपा एपी विधायक रोहित पवारको सुरक्षा बढ़ाउने माग


मुम्बई, 19 फरवरी (हि.स.)। पूर्व उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनालाई लिएर प्रश्न उठाउने राष्ट्रिय कंग्रेस पार्टी (राकंपा) एसपीका विधायक रोहित पवारको सुरक्षा बढ़ाउने व्यापक माग गरिंदैछ। तथापि यस सम्बन्धमा राज्य सरकारको पक्षबाट कुनै प्रतिक्रिया व्यक्त गरिएको छैन।

राकंपा एसपीकी कार्याध्यक्ष औ सांसद सुप्रिया सुलेले बिहीवार भनिन्, पूर्व मुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा भएको मृत्युको डरबाट अहिले पनि उनी लगायत पवार परिवार माथि उक्लिन सकेका छैनन्। अजित पवारका भतिज विधायक रोहित पवारले विमान दुर्घटनामाथि शंका व्यक्त गर्दै केही तकनिकी पक्षहरूमाथि प्रकाश पारेका छन्। साथै यस विमान दुर्घटनामा ब्ल्याक बक्स जलेको जानकारी पनि प्रकाशमा आएको छ। यसबाट विमान दुर्घटनालाई लिएर शंका अझ गहिरिँदै गइरहेको छ। यस मामिलाको गहन अनुसन्धान हुन आवश्यक छ। साथै यस मामिलालाई उजागार गरिरहेका विधायक रोहित पवारको सुरक्षा बढ़ाउन पनि आवश्यक भएको छ।

सुप्रिया सुलेले भनिन्, उनले यस सन्दर्भमा मुख्यमन्त्रीसित माग गरिरहेकी छन् कि मुख्यमन्त्री देवेन्द्र फडणवीस स्वयंले रोहित पवारको सुरक्षाको जायजा लिएर त्यसलाई बढ़ाइदिउन्। सुप्रिया सुलेले भनिन्, विमान दुर्घटना भएको लगभग 20 दिन बितिसक्दा पनि जाँच अधिकारीहरूले यसबारेमा कुनै जानकारी दिरहेका छैनन्। यदि अधिकारीहरूले जवाफ दिनमा ढिल्याई गऱ्यो भने छटपटी तथा कौतुहलता अझ बढ़्नेछ। यसलाई बढ्नदेखि रोक्नको लागि घटनाको वास्तविकतालाई पूर्ण पारदर्शी ढंगमा जनतासामु ल्याइयोस्।

यस मामिलामा पूर्व केन्द्रिय मन्त्री तथा राकंपा एपीका कार्याध्यक्ष प्रफुल्ल पटेलले भनेका थिए, विमान दुर्घटनामा ब्ल्याक बक्स जलेर नष्ट भएको छ। यस ब्ल्याक बक्सलाई अमेरिकास्थित प्रयोगशालामा पठाइनेछ अनि सबै जानकारी प्राप्त गरिनेछ।

अजित पवारका छोरा जय पवारले पनि बिहीवार विमान दुर्घटनामाथि शंका व्यक्त गरेका छन्। जय पवारले भने, अतिसुरक्षित मानिने ब्ल्याक बक्स जलेको खबरले शंका उत्पन्न गर्छ। जबकि यस दुर्घटनामा अजित पवारको कागज जलेकै थिएन। यस्तै शंका शिवसेना यूबीटीका नेता सञ्जय राउत, आदित्य ठाकरेले पनि व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande