मेयरले राखे सड़क निर्माणको आधारशिला, ग्रामीणहरू हर्षित
मेयरले राखे सड़क निर्माणको आधारशिला, ग्रामीणहरू हर्षित


सिलगढ़ी, 20 फरवरी (हि. स)। डाबग्राम-फूलबाड़ी विधानसभा क्षेत्रको फूलबाड़ी दुई नम्बर ग्राम पञ्चायत अन्तर्गत पश्चिम धातला गाउँमा शुक्रवार लगभग 1.5 किलोमीटर लामो पावर ब्लक सड़कको शिलान्यास गरियो। सिलगढ़ीका मेयार गौतम देवले उक्त सड़कको आधारशिला राखे।

यस अवसरमा जलपाईगुड़ी जिल्ला परिषदकी सभाधिपति कृष्णा राय बर्मन, डिप्टी मेयर रञ्जन सरकार, जिल्ला परिषद सदस्य मनीषा राय, प्रधान रफिकुल इस्लाम सहित अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए। यो सड़क वेस्ट बंगाल स्टेट रूरल डेभलपमेन्ट एजेन्सी (डब्ल्यूबीएसआरडीए)-को निगरानीमा एसडीआरएफ फण्डबाट लगभग 73 लाख रुपियाँको लागतमा निर्माण गरिनेछ। लामो समयदेखिकै यहाँ सड़कको माग गरिरहेका स्थानीय मानिसहरू सड़कको आधारशिला राखिएपछि खुशी भएका छन्।

स्थानीयहरूको मान्यता छ, सड़क बनियो भने आवागमनको सुविधा अझ राम्रो हुनेछ अनि क्षेत्रको विकासले गति पाउनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande