शिलङका सांसद रिकी एजे सिङकोनको निधनमा अभिषेक ब्यानर्जीद्वारा शोक व्यक्त
शिलङका सांसद रिकी एजे सिङकोनको निधनमा अभिषेक ब्यानर्जीद्वारा शोक व्यक्त


कोलकाता, 20 फरवरी (हि.स.)। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव एवं लाेकसभा सांसद अभिषेक ब्यानर्जीले शिलङबाट सांसद रिकी एजे सिंगकोन (54)- को निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनले सिङकोनलाई जनकल्याणप्रति समर्पित औ प्रतिबद्ध जनप्रतिनिधि बताए।

सिंगकोन गए बिहिवार साँझ शिलङको बाहिरी क्षेत्रमा फुटबल खेल्द गर्दा अचानक लड़े। उनलाई तत्कालै एक निजी अस्पतालमा लगियो जहाँ चिकित्सकहरूले राती लगभग 8:45 बजे उनलाई मृत घोषित गरिदिए।

अभिषेक ब्यानर्जीले शुक्रवार सोशल मीडिया मञ्च एक्समा आफ्नो सन्देशमा भने, शिलङका सांसद तथा समर्पित जनप्रतिनिधि रिकी एजे सिंकगोनको निधनले उनलाई आघात पुऱ्याएको छ। सिङकोनले आफ्नो निर्वाचन क्षेत्रका आकांक्षा अनि आशाहरूको प्रतिनिधित्व पूर्ण इमानदारी, दृढ़ विश्वास तथा जिम्मेवारी भावनाको साथमा गरे।

तृणमूल कंग्रेस सांसदले भने, सार्वजनिक जीवनमा सिंगकोनलाई आफ्नो सरल कार्यशैली, आम मानिसहरूसम्म सहज पहुँच तथा विकासप्रति अटुट प्रतिबद्धताको लागि चिनिन्थ्यो।

उनले भने, सिङकोनको असामयिक निधन मेघालयका मानिसहरू सहित देशकै व्यापक लोकतान्त्रिक समाजको लागि एउटा ठूलो क्षति हो। ब्यनर्जीले शोक सन्तप्त परिवार, सहयोगी तथा समर्थकहरूप्रति पनि आफ्नो हार्दिक संवेदना व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande