
गुवाहाटी, 20 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज आफ्ना क्याबिनेट सहयोगी कौशिक रायलाई जन्मदिनको हार्दिक शुभकामना दिए अनि राज्यको विकासमा उनको योगदानको सराहना गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, रायले आफ्नो प्रत्येक पात्र लाभार्थीसम्म खाद्य सुरक्षा सुनिश्चित गर्नको साथै बराक उपत्याकामा केन्द्रित विकास पहलहरूलाई तीव्रता दिनका लागि निरन्तर परिश्रम गरिरहेका छन्। उनले भने, मन्त्रीले राज्यका मानिसहरूलाई सशक्त बनाउनका लागि समर्पित भावले काम गरिरहेका छन्।
डा. सरमाले माँ कामाख्या र महापुरुष श्रीमन्त शंकरदेवसित प्रार्थना गर्दै रायको सुस्वास्थ्य अनि दीर्घायुको कामना गरे कि उनले ‘आई असमी’- को सेवामा यस्तै समर्पणको साथमा कार्य गरिरहुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा