अरूणाचल प्रदेश र मिजोरमको राज्यत्व दिवसमा असमका मुख्यमन्त्रीले दिए शुभकामना
अरूणाचल प्रदेश र मिजोरमको राज्यत्व दिवसमा असमका मुख्यमन्त्रीले दिए शुभकामना


गुवाहाटी, 20 फरवरी (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले शुक्रवार अरुणाचल प्रदेश औ मिजोरमको राज्यत्व दिवसको अवसरमा त्यहाँका जनतालाई हार्दिक शुभकामना दिए अनि दुवै राज्यसित असमको गहिरो तथा स्थायी सम्बन्धलाई रेखांकित गरे।

मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा भने, असम आफ्ना यी बहिनी राज्यहरूसित गहिरो सम्बन्ध तथा सहयोगको भावना साझा गर्दछ साथै सबै राज्यहरूले मिलेर विकसित अष्टलक्ष्मीको संकल्पलाई सशक्त बनाउने दिशामा योगदान दिरहेका छन्।

यस अवसरमा उनले माँ कामाख्यासित दुवै राज्यहरूको निरन्तर प्रगति, सौहार्द तथा राज्यका मानिसहरबीच अझ बढ़ी मजबुत भइरहेको सम्बन्धको लागि प्रार्थना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande