
नयाँ दिल्ली, 20 फरवरी (हि.स.)। रोहिणी जिल्लाको बेगमपुर थाना पुलिसले हत्याको रहस्य सुल्झाउँदै मात्र 72 घण्टाभित्रमा दुईजना आरोपीहरूलाई पक्राउ गरेको छ। पुलिसले घटनामा उपयोग गरिएको चक्कु, ग्रे रंगको होण्डा एक्टिभा स्कुटी, रगतपच्छे कपड़ा तथा मृतक अनि प्रत्यक्षदर्शीको मोबाइल फोन जफत गरेको छ।
पुलिसका एकजना अधिकारीले शुक्रवार बताए, गत 16 परवरीको साँझ लगभग 6:56 बजे थाना बेगमपुरलाई सूचना प्राप्त भयो कि सेक्टर-23 स्थित पेट्रोल पम्पको छेउमा एक मैदानमा एकजना युवकको छात्तीमा चक्कुले प्रहार गरेर घाइते अवस्थामा लड़िरहेको छ। घटनास्थलमा पुगेको पुलिसले युवकलाई सञ्जय गान्धी मेमोरियल अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले उसलाई मृत घोषित गरिदिए। जाँचमा मृतकको पहिचान अमरनाथ यादवको रूपमा भयो। घटनामा श्रीराम यादव नामक युवक पनि घाइते भएका थिए जसको मोबाइल फोन आरोपीहरूले लुटेका थिए।
पुलिसले यस मामिलामा हत्याको मुद्दा दर्ता गरी जाँच शुरू गऱ्यो। थाना प्रभारी निरीक्षक राजीव रञ्जनको नेतृत्वमा एक विशेष टीम गठन गरियो। क्राइम अनि फोरेन्सिक टीमले घटनास्थलमा पुगेर प्रमाण जुटायो। वरपरका मानिसहरूसित जाँंचबुझ गरियो।
तकनिकी निगरानी औ सुराकीहरूको सूचनाको आधारमा पुलिसलाई थाहा लाग्यो कि घटना घटेको दिन एउटा ग्रे रंगको स्कुटीमा दुईजना संदिग्ध युवकहरू घुमिरहेका थिए। दुवै मंगेराम पार्क औ सरदार कलोनी क्षेत्रको निवासी रहेको र नशाको लतमा डुबेको बताइयो। पुलिसले गत 19 फरवरीको दिन रोहित (29), निवासी मंगेराम पार्कलाई पक्राउ गऱ्यो। जाँचबुझमा उसले आफ्नो साथी दुर्गेश उपनाम दुर्गी (23), निवासी पकेट-2, सेक्टर-23, रोहिणीको नाम बतायो। त्यसपछि दुर्गेशलाई पनि उसको ठेगानाबाट समातियो। जाँचबुझमा आरोपीहरूले बताए, लुट्ने योजना बनाएर तिनीहरू हिँड़ेका थिए। विरोध गर्दा अ्मरनाथ यादवमाथि चक्कुले प्रहार गरे अनि मोबाइल फोन लुटेर भागे।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा