बिहारमा कानून व्यवस्थाको बेहाल, अपराधीहरूको मनोबल बढ़्दोः तेजस्वी यादव
बिहारमा कानून व्यवस्थाको बेहाल, अपराधीहरूको मनोबल बढ़्दोः तेजस्वी यादव


पटना, 20 फरवरी (हि.स.)। बिहार विधानसभामा नेता प्रतिपक्ष तेजस्वी यादवले शुक्रवार बिहारको कानून-व्यवस्थालाई लिएर राज्य सरकारमाथि गम्भीर आरोप लगाए। बिहार विधानसभा बाहिर पत्रकारहरूसित बातचित गर्दै उनले भने, राज्यमा कानून-व्यवस्थाको स्थिति लगातार खस्किँदै गइरहेको छ जसको फलस्वरूप अपराधीहरूको मनोबल बढ़िरहेको छ।

तेजस्वी यादवले भने, नीतीश कुमारद्वारा गृह विभागलाई आफूसितत राखिएपछि अपराधका घटनाहरूमा वृद्धि देख्न पाइरहेको छ। उनले दाबी गरे, मुख्यमन्त्रीले गृह विभाग आफूसित राखेको यो पहिलो घटना हो जसबाट प्रशासनिक नियन्त्रण कमजोर भएको छ।

उनले यो पनि आरोप लगाए, विधानसभामा विपक्षका विधायकहरूलाई आफ्नो कुरा राख्ने पर्याप्त अवसर समेत दिइँदैन। उनले भने, विपक्षका सदस्यहरूले जनतासित सम्बन्धित मुद्दा उठाउँदा सत्तासिन दलका विधायकहरूले हो-हल्ला गरेर उनीहरूको आवाजलाी दबाउने चेष्टा गर्छन्।

तेजस्वी यादवले राज्यमा महिला अनि बाल-बालिकाहरूविरूद्ध बढ़्दो अपराधका घटनाहरूमाथि चिन्ता व्यक्त गर्दै भने, दुष्कर्मका घटनाहरू गम्भीर चिन्ताको विषय हो, तर अपराधीहरूमाथि प्रभावकारी नियन्त्रण गरेको देखिँदैन। उनले सेरकारसित कानून व्यवस्थामा सुधार ल्याउनको लागि ठोस कदम उठाउने माग गरे।

तेजस्वीले भने, जनताको सुरक्षा सुनिश्चित गर्नु सरकारको प्राथमिक जिम्मेवारी हो र यस दिशामा प्रभावकारी कारबाही गर्न आवश्यक छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande