शुभेन्दु अधिकारीले बीएसएफ जवान पूर्णम कुमार सावको पुनर्बहालीमाथि हर्ष व्यक्त गरे, अमित शाहलाई दिए धन्यवाद
शुभेन्दु अधिकारीले बीएसएफ जवान पूर्णम कुमार सावको पुनर्बहालीमाथि हर्ष व्यक्त गरे, अमित शाहलाई दिए धन्यवाद


कोलकाता, 20 फरवरी (हि.स.)। पश्चिम बंगाल विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले गए बिहीवार अबेर राती सोशल मीडिया पोस्टको माध्यमबाट जानकारी दिए, पश्चिम बंगालका सीमा सुरक्षा बल (बीएसएफ)- का जवान पूर्णम कुमार सावलाई बीएसएफमा पुनः बहाल गरिएकोछ। यस फसेलामाथि उनले गहिरो खुशी व्यक्त गरे।

शुभेन्दु अधिकारीले बताए, पछिल्लो 23 अप्रेलको दिन पाकिस्तानी सेनाद्वारा जवान पूर्ण कुमार सावलाई हिरासतमा लिइएको थियो। पछि भारतीय सेना र केन्द्र सरकारको प्रयासबाट उनको सुरक्षित फिर्ती सम्भव भएको थियो। सेनाका नियम औ प्रक्रियाहरू अनुरूप उनलाई तत्काल ड्यूटीमा बहाल गरिएको थिएन, तर उनको अपीलमाथि विस्तृत विचार-विमरश अनि उनको लामो सेवा रेकर्डको मूल्यांकन गरेपछि उनलाई पुरान पदमा पुनर्बहाल गर्ने निर्णय लिइएको छ।

उनले बताए, पूर्ण कुमार सावलाई तत्काल बीएसएफको 24औं बटालिटनमा दोस्रो पटक योगदान दिने अनुमति दिइएको छ। नेता प्रतिपक्षले यस सम्पूर्ण मामिलामा समयमै हस्तक्षेप गरिदिएकोमा देशका गृहमन्त्री अमित शाह्प्रति पश्चिम बंगालका जनताको पक्षबाट आभार अनि कृतज्ञता प्रकट गरे। उनले भने, सीमाको रक्षा गर्ने जवानहरूको साहस अनि बहिलानलाई सम्मान दिनाले सुरक्षा बलहरूको मनोबल अझ अधिक मजबुत हुन्छ।

पोस्टको अन्तमा शुभेन्दु अधिकारीले देशभक्तिको सन्देश दिँदै लेखे- “जय हिन्द”

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande