
नयाँ दिल्ली, 20 फरवरी (हि.स.)। आम आदमी पार्टी (आआपा)- का वरिष्ठ नेता औ दिल्लीका पूर्व शिक्षा मन्त्री मनीष सिसोदियाले दिल्ली सरकारको एक वर्ष पूरा भएकोमा सरकारलाई लक्षित गरे। उनले भने, एक वर्षमा दिल्ली बर्बाद।
पूर्व शिक्षा मन्त्री मनीष सिसौदियाले शुक्रवार पार्टी कार्यालयमा आयोजित पत्रकार वार्तालाई सम्बोधन गर्दै भने, रेखा गुप्ताको सरकारको एक वर्ष पूरा भएको छ। तर दिल्लीमा कुन पनि प्रकारको काम गरिएको छैन जसबाट जनता खुशी होस्।
मनीष सिसौदियाले आरोप लगाए, चुनाउपूर्व सरकारले महिलाहरूको खातामा प्रतिमहिना सहयोग राशि दिने वाचा गरेको थियो, तर एक वर्ष बितिसक्दा पनि यो योजना लागू गरेको छैन जसबाट दिल्लीका महिलाहरूसित धोका भएको छ।
उनले सरकारमाथि वायु प्रदूषण नियन्त्रण गर्नमा विफल रहेको आरोप लगाउँदै दाबी गरे, एक्यूआई आँकड़ामा गड़बड़ी गरियो। केही मनिटरिंग सेन्टरहरूलाई स्थानान्तरम वा बन्द गरियो जसबाट वास्तविक स्थिति सबैबाट विलिन भयो। उनले भने, यी आरोपहरूमाथि सरकारले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
पूर्व शिक्षा मन्त्रीले भने, सरकार बनिएपछि निजी स्कूलहरूले फीसमा भारी वृद्धि गरियो भने अभिभावकहरूको सिकायतमाथि कुनै ठोस कारबाही गरिएन। उनले आरोप लगाए, फीस नदिँदा विद्यार्थीहरूप्रति कठोर व्यवहार गरिएका घटनाहरू सामु आए।
मनीष सिसोदियाले भने, पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालको कार्यकालमा शुरू गरिएका केही शैक्षणिक पहलहरू जस्तै ह्याप्पीनेस करिकुलम तथा विशेष उत्कृष्टता विद्यालय (एसओई)-लाई कमजोर बनाइयो वा बन्द गरियो। सरकारी स्कूलहरूको बजटमा कटौती गरियो।
उनले भने, ठूलो संख्यामा अनुबन्धीय कर्मचारीहरू, बस मार्शलहरू तथा स्वास्थ्य कर्मीहरूको सेवालाई समाप्त गरियो। साथै सरकारी अस्पतालहरूमा निःशुल्क औषधि अनि जाँचको सुविधालाई पनि घटाइएको आरोप उनले लगाए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा