दिल्ली सरकारको एक वर्ष पूर्ण, मुख्यमन्त्रीले पेश गरिन् रिपोर्ट कार्ड
दिल्ली सरकारको एक वर्ष पूर्ण, मुख्यमन्त्रीले पेश गरिन् रिपोर्ट कार्ड


नयाँ दिल्ली, 20 फरवरी (हि.स.)। दिल्ली सरकारले आज आफ्नो कार्यकालको एक वर्ष पूरा गऱ्यो। यस अवसरमा मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार क्याबिनेट मन्त्रीहरूसित सरकारको एक वर्षको रिपोर्ट कार्ड जारी गरिन्। उनले भनिन्, उनको सरकार 'वाचा होइन, काम गर्ने सरकार' हो।

मुख्यमन्त्रीले भनिन्, रिपोर्ट कार्डले पछिल्लो एक वर्षको परिश्रम र परिवर्तनका ठोस तथ्यहरूलाई दर्शाउँछ। उनले दाबी गरिन्, सरकारले गतिहीन दिल्लीलाई प्रगति तर्फ गतिशील बनाउने प्रयास गरेको छ। उनले भनिन्, हामीले बहानाहरूदेखि समाधानसम्म तथा विज्ञापनदेखि विकाससम्मको यात्रा तय गर्ने चेष्टा गरेका छौं। काम कागजी कारबाही र अधिक कामको सिद्धान्तमाथि सरकारले काम गरेको छ।

रेखा गुप्ताले आम आदमी पार्टी (आआपा)-लाई लक्षित गर्दै भनिन्, पछिल्लो सरकारले विज्ञापनमाथि मात्र ध्यान दिन्थ्यो, काममा होइन। तर वर्तमान दिल्ली सरकार “पोस्टर वा ट्वीटको राजनीति” -मा विश्वास गर्दन जबकि कार्य संस्कृतिमा बदलाउ ल्याउनेमाथि ध्यान दिरहेको छ। उनले भनिन्, पछिल्लो सरकारहरूले हल्ला गर्थ्यो भने उनको सरकार समाधान दिनमा विश्वास राख्दछ।

शिक्षाको मुद्दामा बोल्दै मुख्यमन्त्रीले भनिन्, पछिल्लो सरकारले प्रचारमाथि अधिक ध्यान दियो भने उनको सरकारले संरचनात्मक सुधारहरूलाई प्राथमिकता दिएको छ। उनले बताइन्, सरकारले दिल्ली स्कूल शिक्षा अधिनियम, 2025 पारित गरेर शिक्षामा पारदर्शिता ल्याउने प्रयास गरेको छ जसबाट शिक्षाको व्यवसायीकरणमाथि रोक लगाउन सकियोस्।

रेखा गुप्ताले भनिन्, सरकारको लक्ष्य हरेक स्कूलमा स्मार्ट क्लासरूम र डिजीटल लाइब्रेरी स्थापना गर्नु हो।

मुख्यमन्त्री रेखा गुप्ताले बताइन्, सरकारले गरीबहरूको कल्याणका लागि केही योजनाहरूमाथि काम गर्न शुरू गरेको छ। उनले भनिन्, कार्यकालको 365 दिनमा सरकारले हरेक दिन जन-उत्थानको दिशामा न्यूनतम पनि एक कदम अगाड़ि बढ़ाउने प्रयास गऱ्यो।उनले भनिन्, 20 फरवरीको पहिलो क्याबिनेट बैठकमै आयुष्मान भारत योजनालाई लिएर महत्वपूर्ण निर्णय लिइएको थियो जुन स्वास्थ्य सेवाहरूलाई मजबुत बनाउने दिशामा एक महत्वपूर्ण कदम हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande