
बागलकोट, 20 फरवरी (हि.स.)। बिहिवार राति छत्रपति शिवाजी महाराजको जयन्तीको अवसरमा निकालिएको जुलुसमाथि ढुङ्गा प्रहार हुँदा बागलकोट शहरमा तनावपूर्ण स्थिति सिर्जना भयो।
शहरको किल्ला ओणी क्षेत्रमा जुलुस मस्जिद नजिक पुग्दा यो घटना भएको हो। जुलुसमा दुई ढुङ्गा खसेको आरोप छ, जसले गर्दा स्थिति बिग्रियो।
यस घटनामा हिन्दू कार्यकर्ता प्रकाश अरकेरीको टाउकोमा चोट लाग्यो र उनलाई एक निजी अस्पतालमा भर्ती गरियो। यसैबीच सब्जी बजार क्षेत्रमा तीन वटा ठेलागाड़ीमा आगो लगाइयो। प्रभावित व्यापारी जन्नतबी दोड्डमनीले उनको ठेलागाड़ी जलेर खरानी भएको र नगदी सहित उनको सबै समान जलेको बताए।
सूचना पाए लगतै पुलिसले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लियो। बागलकोटका पुलिस अधीक्षक सिद्धार्थ गोयलले भने, स्थिति नियन्त्रणमा ल्याइएको छ। थप पुलिस बल तैनाथ गरिएको छ। घटनासँग सम्बन्धित भीडियो फुटेजको जाँच भइरहेको छ। पुलिसले अभियुक्तहरूको पहिचान गरेको छ र उनीहरूलाई छिटो पक्राउ गर्ने आश्वासन दिएको छ।
घटनाको विरोधमा हिन्दू संगठन र युवाहरूले प्रदर्शन गरे र ढुङ्गा हान्नेहरूलाई तत्काल पक्राउ गर्न माग गरे। उनीहरूले चेतावनी दिए कि यदि अभियुक्तहरूलाई पक्राउ गरिएन भने बागलकोट बन्द गरिनेछ।
तनावपूर्ण अवस्थालाई ध्यानमा राख्दै बागलकोट, नवानगर र विद्यागिरीमा 24 फरवरी मध्यरातसम्म निषेधाज्ञा लागू गरिएको छ।
उप-विभागीय अधिकारी सन्तोष जगलासरको आदेशानुसार सार्वजनिक स्थानमा चार जनाभन्दा बढ़ी व्यक्ति भेला हुन, हतियार बोक्न र अनुमति बिना बैठक वा कार्यक्रम गर्न प्रतिबन्ध लगाइएको छ। हाल क्षेत्रको स्थिति नियन्त्रणमा रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी