
आसनसोल, 20 फरवरी (हि. स.)। आसनसोल दुर्गापुर पुलिस कमिश्नरेट अन्तर्गत कुल्टी थाना क्षेत्रमा एकजना छोराले आफ्नै आमाको गोली दागी हत्या गऱ्यो अनि पछि आफूले आत्महत्या गऱ्यो। मृतकहरूको नाम राजा मुखर्जी र सन्ध्या मुखर्जी रहेको बताइएको छ।
परिवार अनुसार पछिल्लो केही दिनदेखिको घरमा पारिवारिक कलह भइरहेको थियो। शुक्रवार बिहान यो हृदयविदारक घटना घट्यो। मृतकका पिता दयामय मुखर्जीले बताए, उनका छोरा राजा मुखर्जीले पहिला आफ्नी आमा सन्ध्या मुखर्जीमाथि गोली दाग्यो अनि पछि आत्महत्या गऱ्यो। घटना घट्दा घरमा आगो पनि लागेको थियो। सूचना पाउनसाथ कुल्टी थाना पुलिस र दमकलका वाहनहरू घटनास्थलमा पुगे अनि आगोलाई नियन्त्रण गरे।
भनिन्छ, राजा मुखर्जी एक निजी कारखानामा गनम्यानको पदमा कार्यरत थियो। पुलिसो प्रारम्भिक अनुमानमा पारिवारिक विवादको कारणले यो घटना घटेको हो। पुलिसले दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। मामिलाको जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा