शीतकालको विदाईबीच वर्षा हुने सम्भावना, बंगालको मौसम फेरिनेछ
weather


कोलकाता, 20 फरवरी (हि.स.)। शीत ऋतुको विदाईसँगसँगै राज्यमा मौसमको स्वरूप पनि परिवर्तन भइरहेको देखिँदैछ। अधिकतम तापमान 30 डिग्री सेल्सियसभन्दा माथि पुगिसकेको छ भने बिहान सामान्य चिसो अहिले पनि महसूस भइरहेकै छ। त्यसैले आगामी दिनमा मौसम कस्तो रहने हो भन्ने विषयमा मानिसहरूको उत्सुकता बढ़ेको छ।

अलिपुर मौसम विभाग अनुसार शुक्रवार कोलकातामा दिउँसोको तापमान लगभग 30 डिग्री औ रातीको तापमान 20 डिग्री सेल्सियस लगभग रहनेछ। तथापि आगामी दुई दिनमा दक्षिण बंगालका जिल्लाहरूमा तापमान 2-3 डिग्री सेल्सियससम्म बढ़्नसक्छ। त्यसपछि तीन दिनसम्म तापमानमा विशेष वृद्धि हुने सम्भावना छैन।

उत्तर बंगालका दार्जिलिङ, कालेबुङ, जलपाईगुड़ी औ कुचबिहार जिल्लामा कुहिरो लाग्ने सम्भावना अपेक्षाकृत अधिक रहेको बताइएको छ। जबकि दक्षिण बंगालका कुनै पनि जिल्लामा घना कुहिरो लाग्ने सम्भावना छैन। मौसम विभाग अनुसार आगामी 24 फरवरीमा पूर्व मेदिनीपुर जिल्लाका एक-दुई वटा स्थानमा हल्का वर्षा हुनसक्छ।

शुक्रवार कोलकाताको न्यूनतम तापमान 19.2 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 0.3 डिग्री कम हो। गए बिहीवार अधिकतम तापमान 30.6 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 0.6 डिग्री अधिक हो। यस दिन वायुमण्डलमा आद्रताको अधिकतम स्तर 78 प्रतिशत तथा न्यूनतम 33 प्रतिशत दर्ता गरियो।

आगामी केही दिनसम्म कोलकाताको तापमानमा धेर उतार-चढ़ाउ देखिनेछैन। उत्तर बंगालका जिल्लाहरूमा पनि तापमान सामान्य रूपमा बढ़िरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande