जोरहाटको एनईआरआईएसटी परिसरमा आगलागी
जोरहाटको एनईआरआईएसटी परिसरमा आगलागी


जोरहाट (असम), 20 फरवरी (हि.स.)। जोरहाटस्थित नर्थ-इस्टर्न रीजनल इन्स्टीट्यूट अफ साइन्स एण्ड टेक्नोलजी (एनईआरआईएसटी) परिसरमा गए अबेर राती भीषण आगो लाग्यो जसले गर्दा परिसरको माहोल कोलाहलपूर्ण भयो।

प्राप्त जानकारी अनुसार संस्थानको एउटा भवनमा अचानक आगो लाग्यो। आगलागीको कारण थाहा लाग्न सकेको छैन। सूचना पाउनसाथ अग्निशमन र आपतकालीन सेवाका टीमहरूले घटनास्थलमा पुगेर आगोलाई निभाउने अभियान शुरू गरे। भनिन्छ, यस आगलागीमा सम्पत्तिको ठूलो नोक्सान भएको छ। तथापि अहिलेसम्म कुनै प्रकारको जनहानि भएको सूचना प्राप्त भएको छैन। क्षय-क्षतिको मूल्यांकन गरिँदैछ।

घटनाको कारण पत्तो लगाउन जाँच गर्ने आदेश दिइएको छ। विस्तृत जानकारीको प्रतीक्षा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande